पारिवारिक कथामा आधारित फिल्म ‘दैलो’को ट्रेलर सार्वजनिक

पारिवारिक ड्रामामा आधारित रहेको फिल्म ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहिबार युटूबमार्फत उक्त ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलर २ मिनेट ४२ सेकेन्डको रहेको छ । जसमा पारिवारिक मायामोह ,दुख तथा सम्पूर्ण घरपरिवारमा आउने समस्यालाई देखाउन खोजिएको छ ।

सुरेश उप्रेतीले निर्माण ,निर्देशन तथा उनैको कथा रहेको फिल्ममा  यशोदा उप्रेती र अर्जुन उप्रेती निर्माताका रुपमा रहेका छन् । विमलकुमार भट्टराईले खिचेको फिल्ममा तारा थापा ‘किम्भे’ले सम्पादन तथा लक्षुप्रकाश मल्ल र निलम उप्रेतीको संगीत संयोजन रहेको छ ।

फिल्ममा सुरेश उप्रेती, दुर्गा साउत, विकाश चौलागाइँ, दीपक डोटेल, मुना प्रसाइँ, दिक्षा आचार्य, सुयोग उप्रेती, अनु ढुङ्गाना लगायत मुख्य अभिनय रहेको छ ।

फिल्म कार्तिक ३० बाट प्रदर्शनमा आउदै छ ।
हेर्नुहोस् ट्रेलर:

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.