आर्यनलाई विकासले च्यापे, दिनेशले छाडे

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता आर्यन सिग्देलको फिल्मको दौड उतारचढावमा छ । २ बर्ष अगाडि पनि आर्यन नेपाली सिनेमामा नम्बर १ स्टारको रुपमा थिए । तर, अहिले आर्यनलाई करिअर जोगाउने संघर्षले पिरोलेको छ ।
आर्यनलाई करिअरको सुरुवातबाट नै साथ दिएका निर्देशक दिनेश राउत हुन् ।

दिनेश राउत र आर्यन एक अर्कालाई मामा भान्जा पनि भन्छन् । दिनेशको निर्देशनमा आर्यनले आई एम सरी, नोभेम्बर रेन, क्लासिकमा काम गरेका छन् । तर, आर्यन र दिनेश अहिले टाढिएका छन् ।
व्यक्तिगत सम्बन्ध राम्रो भएपनि उनीहरुको फिल्मी सम्बन्ध भने राम्रो छैन ।

आर्यन सिग्देललाई लिएर दिनेश एउटा सिनेमा बनाउन चाहन्थे । तर, आर्यनले फिल्मको कथा अनुसार आफूलाई शारीरिक परिवर्तन गर्न नसकेपछि चिडिएका दिनेश अहिले कोशिश क्षेत्री हुँदै विपिन कार्कीसम्म पुगेका छन् ।
उनले बनाएको पर्व र प्रसादमा आर्यन भएनन् ।

आर्यनलाई दिनेशले छाड्दा निर्देशक विकासराज आचार्यले भने च्यापेका छन् । नाई नभन्नु ल ३ मा आर्यनलाई विकासले लिएका थिए । तर, नाई नभन्नु ल ४ मा आर्यन नहुँदा फेरि विकास र आर्यनको सम्बन्ध नै विग्रिएको खालका खबर पनि आयो ।


तर, विकासले नयाँ सिनेमा हजार जुनी सम्ममा आर्यनलाई लिएपछि अहिले उनी आर्यनतिर ढल्केको आभाष हुन्छ । यो सिनेमाका लागि आर्यनलाई विकासले १५ लाख पारिश्रमिक दिएका छन् भन्ने पनि सुनिएको छ ।
आर्यन आफैले निर्माण गरेको कायरा सिनेमा नचलेपछि चिन्तित थिए ।

तर, विकासले आर्यन माथि रिस्क मोल्दै एउटा सुपरहिट हुन सक्ने सिनेमाको जिम्मा दिएका छन् ।
दिनेशले आर्यनको साथ छाडिरहँदा विकास भने उनीसँगै देखिएका छन् । आर्यनलाई विकासराज आचार्य फापे भने उनका लागि सुखद कुरा नै हुनेछ ।

यो पनि पढ्नुहोस्ः 

दीपिकाले छक्का पन्जा ३ लाई नचिनेकै हुन् कि ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.