‘पल पल’ बोलको मार्मिक गीतका साथ गायक कृष्ण श्रेष्ठ दर्शकमाझ (भिडियो)

सुत्रइन्टरटेन्मेन्ट–
गायक कृष्ण श्रेष्ठ ‘पल पल’ बोलको मार्मिक गीतका साथ दर्शकमाझ आएका छन् । गायक श्रेष्ठ स्वयमकै शब्द तथा संगीत रहेको गीतमा उनै गायक श्रेष्ठ र रीतु केइराला फिचर्ड छन् । सार्वजनिक गीतले आफ्नो प्रिय मायालुलाई मनमा दिलमा बस्नका लागि बोलाएको भाव पाईन्छ । आफ्नी मायाँलाई मन मुटुमा बसिदिनका लागि निकै आग्रह गरिएका दृश्यहरु भिडियोमा देख्न सकिन्छ । ललितकला क्याम्पसबाट शास्त्रिय संगीतको अध्ययन समेत गरेका गायक श्रेष्ठले शास्त्रिय संगीतलाई समेत राम्रोसँग बुझेका छन् । यसअघि पनि उनका फुटकर रुपमा धेरै गीत दर्शक सामू आईसकेका छन् । उनको भक्ति संगीतमा पनि उतिकै राम्रो दख्खल छ । केही भक्ति संगीत पनि उनका बजारमा सार्वजनिक भैसकेका छन् । प्रियजन राईको निर्देशन रहेको भिडियोकोे सम्पादन  स्वयम गायक श्रेष्ठले गरेका हुन् भने  जनकराज अधिकारीको छायांक को जिम्मेवारी सम्हालेका छन् ।
गीत हेर्नुसः

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.