अनमोलको थ्रेट कि हाउगुजी ?

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता अनमोल केसी अहिलेका सर्वाधिक डिमाण्डे कलाकार हुन् भन्ने कुरामा त २ मत रहेन ।
अनमोल केसीलाई ५० लाख तिर्न निर्माता तयार हुनुले पनि यो कुरा प्रष्ट हुन्छ । अनमोल केसीलाई हेर्न दर्शक हलमा ओइरिन्छन् भन्ने निर्मातालाई विश्वास छ ।

यही भएर पनि होला, अनमोल केसीसँग सिनेमा जुधाउन अन्य निर्माता तयार हुँदैनन् । अनमोलको यही स्टारडमले पनि अन्य निर्मातालाई उनको सिनेमासँग जुधाउने आट आउदैन ।
२ बर्ष अघि सिनेमा ड्रिम्ससँग निर्देशक दिनेश डीसीले आफ्नो सिनेमा फूलै फूलको मौसम तिमीलाई जुधाउँदा पानी भन्न नपाएको अवस्था थियो ।

गतबर्ष अनमोल केसीको सिनेमा कृ माघको अन्तिम साता सारिदिएपछि यो मितिमा आउन फाइनल भएर बसेकी अभिनेत्री स्वेता खड्काले कान्छी रिलिज एक साता पछि सारेकी थिइन् । यी र यस्ता कुराले पनि अनमोल केसी अन्य निर्माताका लागि थ्रेट बन्ने गरेका छन् ।

यो बर्ष पनि यस्तै भयो । अनमोलको थ्रेटले निर्मातालाई सताइनै रह्यो । अनमोल केसी स्टारर सिनेमा क्याप्टेन रिलिज हुने मिति तय नहुँदा विभिन्न खालका मिति सार्वजनिक भएका थिए । कहिले कुन मिति त कहिले कुन मिति भन्दा भन्दै अन्य निर्माताको टाउको दुख्यो । यी र यस्तै कुराले धेरै निर्माताले मिति तोकेर पनि सार्नुपर्ने हो कि भन्ने तनावमा बसेका थिए । अब, भूवन केसीले क्याप्टेनको रिलिज मिति फागूण १७ गतेलाई सारिदिएका छन् ।

यो मितिमा आउने भनेर बसेका कतिपय सिनेमाका निर्माता तनावमा पनि छन् । कतिपयले जुध्ने छनक पनि देखाएका छन् ।
अनमोल केसीको यो स्टारडम अन्य निर्माताका लागि टाउको दुखाई बनिरहेको छ । अनमोलसँग जुध्दा सकिने पीर पनि छ ।

साच्चै, अनमोल के.सी अहिले निर्माताका लागि थ्रेट बनेका हुन् या यो उनको हाउगुजी मात्र हो ।
अनमोलको सिनेमासँग जुध्दा आफू सकिने पीर त निर्मातालाई छ । यसैले पनि कसैले पनि जुधाउने आँट गर्दैनन् ।

यो पनि पढ्नुहोस्ः

आर्यनलाई विकासले च्यापे, दिनेशले छाडे

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.