मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर यूनिभर्स नेपाल हुदै (पश्चिम नेपालमा असोज २६ र २७ मा अडिसन)

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स नेपाल’ आयोजना गर्ने भएको छ ।

मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स विश्वब्यापी रुपमा सञ्चालन हु“दै आएको म्यान्मारको सौन्दर्य प्रतियोगिता हो । ४० भन्दा बढी देशका प्रतियोगिहरु सहभागी हुने उक्त प्रतियोगिता नेपाल भ्रमण वर्ष–२०२० लाई लक्ष्ँित गर्दै आयोजना हुन लागेको आयोजक संस्थाका प्रमुख मोनित मर्हजनले जानकारी दिएका छन् । यो प्रतियोगिता नेपालको सबै प्रदेशको पर्यटन तथा संस्कृति झल्कने गरी देशको ९ ठुला शहरमा आयोजना हु“दैछ ।

प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले आयोजना गर्ने यो प्रतियोगिताले युवालाई लक्षित गरेको छ । १८ वर्षदेखि २८ वर्ष उमेर समुहका महिला तथा १८ देखि ३५ वर्ष उमेर समुहका पुरुषले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनालेका विजेताले म्यानमारमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनुका साथै नेपालको पर्यटन तथा संस्कृतिमा एक विशेष प्रस्तुतीकरण दिने मौका पाउने छन् । यसका साथै प्रदेशस्तरका प्रतियोगिताका विजेत पुरस्कार स्वरुप विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।

नेपालका सातै प्रदेशमा आयोजना हुने अडिसन तथा स्थानिय प्रतियोगितापछि काठमाडौंमा ग्रँण्ड फिनाले गरिने उक्त प्रतियोगिताको प्रदेश नम्बर ३ को पहिलो चरणको अडिसन हालै सम्पन्न भएको छ । पहिलो चरणको अडिसनमा अभिनेत्री सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टि घिमिरे तथा व्यवसायी रजत काब्रा निर्णायकको रुपमा रहेका थिए ।

प्रत्येक क्ष्ँेत्रमा हुने स्थानियस्तरको प्रतियोगिताबाट तीन–तीन जना महिला तथा पुरुष विजेताहरु काठमाडौंमा हुने प्रतियोगिताको ग्राण्ड फिनालेका लागि छनोट हुनेछन् ।

पश्चिम नेपालमा असोज २६ र २७ मा अडिसन
आयोजक संस्थाले क्षेत्र नम्बर ७ अर्थात सुदुर पश्चिमका लागि यही असोज २६ तथा २७ गतेका लागि अडिसनको मिति तोकेका छन् । असोज २६ गते शुक्रवार महेन्द्रनगरमा अडिसन कार्यक्रम राखिएको छ भने असोज २७ गते शनिवार धनगढीमा अडिसन सम्पन्न हुनेछ । दुबै अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु दसैंपछि आयोजना हुने सुदुर पश्मिाञ्चलस्तरीय प्रतियोगितामा सहभागि हुनेछन् । उक्त प्रतियोगिताका तीन–तीन जना (महिला तथा पुरुष) विजेता काठमाडौंमा सम्पन्न हुने ग्राण्ड फिनालेका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको लागि अनलाइन फाराम यहा“ उपलब्ध छ
https://goo.gl/v5G2Mh

प्रतियोगिताका अन्य स्थानका अडिसन तथा इभेन्टको विवरण

दमक: Nov 23_Friday, (मङ्सिर ७) 2nd event
First Audition- Oct 19 (कार्तिक २) – दमक
Second Audition- Oct 22 (कार्तिक ५) – बिर्तामोड
Third Audition – Oct 24 (कार्तिक ७) – बिराटनगर
Fourth Audition- Oct 25 (कर्तिक– ८) – इटहरी
Fifth Audition – Oct 27 (कार्तिक –१०) – धरान
Training- Oct 28 (कार्तिक– ११)

काठमाडौं: Dec 8 (मङ्सिर 22) 3rd event
First Audition- Sep 29 (अशोज १३)
Second Audition – Nov 3 (कार्तिक १७)
Training Start- Nov 17 (मङ्सिर 1)

पोखरा: Dec 29 (पौष १४) 4th event
First Audition- Nov 24 (मङ्सिर ८)
Second Audition- Dec 1 (मङ्सिर १५)
Training Start- Dec- 25 (मङ्सिर १८)

चितवन: Jan 14 (पौष 30- Monday) 5th event
First Audition – Dec 15 (मङ्सिर २९) – हेटौंडा
Second Audition – Dec 22 (पौष ७) – नारायणघट
Training Start – Dec 26 (पौष ११)

बुटवल: Feb 9 (माघ 26) 6th event
First Audition- Jan 12 (पौष २८) – भैरहवा
Second Audition- Jan 19 (माघ ५ ) – बुटवल
Training Start- Jan 21 (माघ ७)

सुर्खेत: Feb 23 (फाल्गुन 11) 7th event
First Audition- Mar- 2 (माघ १९) – सुर्खेत
Training Start – Mar 6 (माघ २३)
नेपालगन्ज: Mar-9 (फाल्गुन 25) 8th event
First Audition- Feb 16 (फाल्गुन ४) – नेपालगन्ज
Training Start- Feb 17(फाल्गुन ५)

लाहान: Apr 6 (चैत्र 23) 9th event
First Audition- Feb 23 (फाल्गुन ११) – बिरगंज
Second Audition – Mar 2 (फाल्गुन १८) – बर्दिबस
Third Audition – Mar 10 (फाल्गुन २६) – लाहान
Training Start- Mar 15 (चैत्र १)

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.