फिल्म प्रर्दशनमा नआउदै‘चङ्गा चेट’को सिक्वेल घोषणा

नेपाली फिल्म उधोगमा अहिले चली आएको चलन फिल्म प्रर्दशनमा आएको दुई दिन पुरा नहुदै केक काटेर खुशियाली मनाउने र सिक्वेलको घोषणा गर्ने नेपाली चलचित्र क्षेत्रकको लागि फेसनै जस्तो भएको छ । यसै क्रममा कार्तिक १६ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘चङ्गा चेट’को सिक्वेल बन्ने भएको छ ।

केहि दिन अगाडि फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता माधव वाग्लेले सिक्वेल बन्ने घोषणा गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै उनले यों फिल्म हिट भएमा यसको अर्को सिक्वेल बनाउने बताएका हुन् भने पत्रकारहरुले उनलाई यो फिल्म कतै लुटको तेस्रो सिरिज त हैन भनेर प्रश्न समेत गरेका थिए । जसको जवाफ दिदै उनले यी दुई फिल्ममा आकाश र जमिनको फरक रहेको बताए ।

दिपेन्द्र के.कंडेल निर्देशित फिल्म ‘चङ्गा चेट’मा प्रदिप भारद्वाजको कथा तथा माधव वाग्ले ,शर्मिला पाण्डे निर्माता रहेका छन् भने फिल्ममा प्रियंका कार्की , आयुशमान देशराज जोशी ,रबिन्द्र झा , सन्दिप क्षेत्री ,सुरक्ष्या पन्त,अर्पना थापा ,परमिता राज्यलक्ष्मी राना ,पुस्कर गुरुङ , सरिता गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
दु:खद खबर : रहेनन् चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी
यो पनि हेर्नुहोस;

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.