‘तिम्रो सम्झनाले’ बोलको गीत, दशैँ कोशेली लिएर गायक कृष्ण श्रेष्ठ दर्शकसामू (भिडियो)

सुत्रइन्टरटेन्मेन्ट–
गायक कृष्ण श्रेष्ठ मर्मस्पर्शी आधुनिक गीत ‘तिम्रो सम्झनाले’ का साथ दर्शकमाझ आएका छन् । भिम विरागकको रचना तथा किशोर खतिवडाको संगीतलाई गायक श्रेष्ठले अत्यन्तै भावमा डुबेर गाएका छन् । उनले अत्यन्तै फिलिङ्समा डुबेर गाउने प्रयास गरेका छन् । शास्त्रिय संगीतमा समेत राम्रो दख्खल राख्नसक्ने क्षमता भएका गायक श्रेष्ठले निकै न्यायोचित तरिकाले गीत गाउन सफल देखिएका छन् । सार्वजनिक गीतमा स्वयम् गायक श्रेष्ठ र सुक्रिया फिचर्ड छन् । यो गीतमा अझैं महत्वपूण बिषय भनेको रचनाकार संगीतकारसँग पनि जोडिएको छ । सम्भववतः रचनाकार भिम विराग र संगीतकार किशोर खतिवडा दुबैका लागि यो गीतको रचना तथा संगीत अन्तिम नै हो । सार्वजनिक गीतको भिडियोमा पृयजन राईको निर्देशन, जनकराज अधिकारीको छायांकन तथा गोविन्दको सम्पादन रहेको छ । निर्देशक राईले गीतको भिडियो छायांकनको लोकेशन चैनमा पनि निकै ध्यान दिएका छन् । सुन्दर लोकेशन चैनलाई छायाँकार अधिकारी तथा गोविन्दको उत्कृष्ट सम्पादनले गीतलाई थप राम्रो बनाउन मद्दत पुर्याएको छ । त्यस्तै, गीतमा फिचर्ड कृष्ण श्रेष्ठ र सुक्रियाको अभिनय पनि थारिप योग्य नै छ । ललतिकला क्याम्पसबाट शास्त्रिय संगीतमा स्नातकोत्तरसम्म अध्ययन गरेका गायक श्रेष्ठले यसअघि पनि थुप्रै आधुनिक तथा भक्ति संगीतहरु दर्शकसामू पस्किसकेका छन् । उनले आफ्नै यूट्युव च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन् । छिट्टै एल्वम् सार्वजनिक गर्ने तयारीमा रहेका श्रेष्ठले पहिला पहिला जस्तै यो गीत पनि दर्शकले मन पराउनेमा आशवादी देखिएका छन् । उनी यस्ता गायक हुन् जो जे सुकै अवरोध सामुन्ने आए पनि संगीतको तृष्णा मेटाउन संगीतबाट कहिले पनि बिचलित भएका छैनन् । दशैँको छेको पारेर यो गीत सार्वजनिक गरेका गायक श्रेष्ठ लगायत सम्पूर्ण कलाकारलाई गीतको सफलतासँगै बडादशैँको पनि शुभकामना ।
गीत हेर्नुसः

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.