अनमोल अभिनित ‘ए मेरो हजूर ३’कों फस्ट लूक सार्वजनिक

चर्चित अभिनेता अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजूर ३’कों फस्टलूक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अनमोल र झरना थापाकी छोरी सुहाना फिचर छन् । जसमा यी दुई निकै रोमांतिक मूडमा देखिएका छन् ।

फिल्ममा अनमोल एक गायक र सुहाना एक फ्यानकोे रुपमा रहेका छिन भने सुहनाको यो डेब्यु फिल्म हो ।

अभिनेत्री झरना थापा निर्देशित यो दोस्रो फिल्म हो । जसलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । झरना थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व रहने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.