‘छक्का पन्जा’का तोड्न मुश्किल रेकर्ड

बलिउडमा सिनेमा र स्टारले राखेका बक्स अफिस रेकर्डका कुरा धेरै हुन्छ । बर्षमा रिलिज हुने सय बढी सिनेमा र ती सिनेमाका कलाकार अघिल्ला रेकर्ड तोड्न र नयाँ बनाउन तछाडमछाड गर्छन् ।
नेपालमा भने यस्ता रेकर्डका कुरा कम हुन्छन् । किनकी, यहाँ त १ करोड ग्रस गर्न पाए निर्मातालाई पुग्यो । सिनेमा हिट भैगो, केक काटिहाल्यो ।

तर, केही यस्ता रेकर्ड नेपाली फिल्मले पनि बनाएका छन् जुन तत्काल तोड्न गाह्रो छ । रेकर्ड नै रेकर्डको कुरा गर्दा छक्का पन्जाको ब्रान्डले सबैजसो रेकर्ड बनाएको छ । सिक्वेलमा सबैभन्दा हिट सिनेमा यही नै हो । नाई नभन्नु ल देखि नाई नभन्नु ल ५ सम्म आइपुग्दा निर्माता घाटामा त गएका छैनन् तर रेकर्ड बनाउन पनि सकेका छैनन् । तर, छक्का पन्जा ले तेश्रो सिरिजसम्म आइपुग्दा रेकर्डको त बर्षा नै गरेको छ ।

छक्का पन्जासँग सर्वाधिक धेरै कमाउने सिनेमाको रेकर्ड छ । यो सिनेमाले १६ करोड कमाएर नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्ड अन्य सिनेमालाई तोड्न धेरै बर्ष लाग्नेछ । छक्का पन्जा २सँग पहिलो दिन सर्वाधिक कमाई गर्ने सिनेमाको रेकर्ड छ । यो सिनेमाले डेढ करोड भन्दा बढी कमाएको थियो । छक्का पन्जा २ सँग पहिलो हप्ता सर्वाधिक कमाई गर्ने सिनेमाको रेकर्ड पनि छ ।

छक्का पन्जा २ सँग दोश्रो सर्वाधिक धेरै कमाई गर्ने सिनेमाको रेकर्ड छ । यसले करिब १४ करोड कमाई गरेको थियो ।
अब, छक्का पन्जा ३ ले पनि नयाँ रेकर्ड राखेको छ । यो सिनेमा वुधबार रिलिज भएको हो । बुधबार बिदाको दिन थिएन । बिदाको दिन नभएपनि सिनेमाले १ करोड ३० लाखको ओपनिङ गरेको छ । यो बिदा नहुँदा सबैभन्दा धेरै कमाई गर्ने ओपनिङ रेकर्ड हो ।

रेकर्ड नै रेकर्डको श्रृङ्खलामा छक्का पन्जा ३ सँग धेरै रेकर्डको विकल्प छ । एउटा त, सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड तोडेर पहिलो नम्बरमा आउने । दोश्रो शत्रु गतेको सर्वाधिक कमाईको तेश्रो रेकर्ड तोडेर आफू तेश्रो बन्ने । यी बाहेक दोश्रो बन्ने, हप्ताकै धेरै कमाई गर्ने फिल्म बन्ने आदि आदि । यी सबै रेकर्ड छक्का पन्जा ३ ले राख्छ या राख्दैन भन्ने प्रमुख बिषय हो ।

यो पनि पढ्नुहोस्:

सरकारी विद्यालयको होस खुलाउने छक्का पन्जा ३ (फिल्म समीक्षा)

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.