‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को औपचारिक घोषणा

विपिन कार्की अभिनित फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’बन्ने भएको छ । बिहिबार राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले ‘जात्रा’को सिक्वेल औपचारिक घोषणा सहित प्रर्दशन मिती पनि तय गरेको छ ।

प्रदिप भट्टराईको निर्देशन रहने फिल्ममा उनैक कथा रहनेछ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहने छन् । छायांकन शिवराम श्रेष्ठको रहने फिल्मलाई सम्पादन मित्र डी गुरुङले गर्नेछन् । दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट फ्लोरमा जाने फिल्मलाई ३५ दिनमा छायाँकन सकाउने बताइएको छ ।फिल्मलाई असन र बौद्धमा खिचिनेछ ।


कार्यकारी निर्माताले ‘जात्रा भन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने बताएको भन्दै त्यो भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेको बताए ।

निर्देशक प्रदिप भट्टराईले यो फिल्मले पैसाको मात्र कथा नबोल्ने भन्दै यसपटक दर्शकले झनै विशेष सरप्राइज चलचित्रमा पाउने बताउँदै जात्रा सकिएको ठाउँबाट नै जात्रै जात्राको कथा उठ्ने बताएका छन् ।

फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य अभिनयमा रहनेछ भने यिनका अलावा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहनेछ । फागुन १७ लाई प्रदर्शन मिति तय गरेको फिल्म अनमोल केसीको ‘क्याप्टेन’संग जुध्दैछ ।
यो पनि पढ्नुहोस्;
‘छक्का पन्जा’का तोड्न मुश्किल रेकर्ड

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.