साइली र माइलीसंग सन्दीप क्षेत्रीको यस्तो अभिनय

‘साइ“ली र माइली पोइला गएछन्, गाउ“घर नै सुन्ने पारे र…’ कुनै बेलाको अत्यन्त लोकप्रिय गीत योआज पनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए ।

अहिले यो गीतको नया“ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।

निर्देश्ँक शान थापा निर्देशित गीतमा सन्दिप क्षेत्री, एलिशा राई तथा मोडल करिष्मा ढकालले साइ“ली र माइलीको भूमिका निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी, अर्जुन तिवारी तथा बुद्ध थापाको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन् ।
हेर्नुहोस भिडियो;

यो पनि पढ्नुहोस्;
अनुपले गरे ‘क्याप्सूल नाइन” आउटलेटको उद्घाटन

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.