अनमोलको गितारमा सुहानाको धुन

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता अनमोल केसी नेपाली फिल्ममा जमिसकेका छन् । उनको सिनेमाको यात्रा सामान्य होइन, बम्पर छ । सिनेमा खेलेपछि हिट हुने भएकाले पनि अनमोल केसीलाई लिन निर्माता ५० लाख रुपैयाँको बिटो बोकेर पुग्छन् । अनमोलको क्रेज लोभलाग्दो नै हो ।

अनमोल यो क्रेजले केही नयाँ अभिनेत्रीलाई लिफ्ट दिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह अनमोलले दिएको लिफ्ट धेरै माथि पुगिसकिन् । आना शर्मा, श्रृष्टी श्रेष्ठ संघर्ष गरिरहेका छन् । तर, अनमोलसँग जोडिदा पहिलो फिल्मबाट नै नाम बनाएका छन् ।

यो कुरालाई अभिनेत्री झरना थापाले पनि वुझेकी छिन् । झरना थापाले अहिले हिरोइन बन्न छाडेर फिल्म निर्देशनमा हात हालेको अवस्था हो । झरना थापाले ए मेरो हजुर २ मा सलिनमान बनियाँलाई भित्राइन् र स्टार बनाइन् । अब, उनी आफ्नै छोरीलाई सुपरस्टार बनाउने धुनमा छिन् ।

यसपटक झरनाले छोरी सुहानाका लागि हिरो अनमोल केसी रोजेकी छिन् । झरनालाई यो कुरा थाहा छ कि, सुहानालाई स्टार बनाउने नै हो भने उनको जोडी पनि स्टार नै चाहिन्छ । यही भएर पनि उनी छोरी सुहानाका लागि अनमोललाई हिरो बनाउन सफल भएकी छिन् । जुन सफलता उनले ए मेरो हजुर २ मा पाएकी थिइनन् ।

यो सिनेमाको फस्टलुक रिलिज भएको छ । रिलिज भएको फस्टलुकमा सुहाना र अनमोल मस्ती मुडमा देखिएका छन् । अनमोल गीतारको धुनमा छन् । अनमोलले बजाएको गीतारबाट सुहानाको प्रेम धुन निस्किएको छ । फस्टलुकमा अनमोलले दाह्री र जुंगा पालेका छन् ।

अनमोलको यो लुकले पनि दर्शकमा उत्साह थप्छ । अनमोल केसी र सुहानाको जोडी फस्टलुकमा सुहाएको छ । फिल्ममा दर्शकले अनमोल र सुहानालाई रुचाउँछन् कि रुचाउँदैनन्, त्यो भने हेर्न बाँकी छ । चैत्र २९गते यो सिनेमा रिलिज हुने भएको छ । सिनेमाको रिलिजको समयमा ३ दिन बिदा छ । जसलेगर्दा पनि सिनेमाले बम्पर ओपनिङ गर्न सक्छ ।

अनमोलको काँधमा आएको सुहानाको करिअरको धुन बज्छ या बज्दैन होला, झरना त ढुक्क छिन् ।

यो पनि पढ्नुहोस्:

‘छक्का पन्जा’का तोड्न मुश्किल रेकर्ड

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.