‘छक्का पन्जा ३’को तीन दिने कलेक्सन ३ करोड माथी

घटस्थापनाबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा ३’ यो वर्षकै आकर्मक कमाई गर्न सफल फिल्म बनिरहेको छ । यसैक्रममा फिल्मको तीन दिने कलेक्सन सार्वजनिक भएको छ ।

फिल्मले तीन दिनमा ३ करोड ३७ लाख माथिको कारोबार गरेको छ । पहिलो दिन अल नेपाल १ करोड ३१ लाख ग्रस कारोबार गरेको फिल्मले बुधबार, बिहिबार र हिजो शुक्रबार गरेर अल नेपाल ३ करोड ३७ लाख ग्रस कलेक्सन गरेको हो । पहिलो दिन मोफसल तर्फ यो फिल्मले ५७ लाख र राजधानी टेरिटोरीबाट ७४ लाखको कलेक्स[न गरेको थियो ।

दिपक दिपाको ब्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ३’ लाई दिपाश्रीले निर्देशन गरेकी हुन्भ भने यो फिल्मको गीत ‘पहिलो नम्बरमा’मा बिन्दु परियार र डेभिड संखरको स्वर ,राजेन्द्र थापाको लिरिक ,दीपक रानाको संगीत तथा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ । गीतमा दिपाश्री निरौला , बर्षा शिवाकोटी ,प्रियंका कार्की ,दीपिका प्रसाई, दिपक राज गिरि , जितु नेपाल ,केदार घिमिरे सन्जोक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
‘लभ स्टेशन’मा प्रदिपको नयाँ अवतार

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.