फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक

आगामी मंसिर १४ गते रिलिज हुने फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ । सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ ।
फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ ।

फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।
भिडियो:

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.