दुई निर्माताको दोस्ती, आज छ भोली छैन

सुत्र इन्टरटेन्मेन्ट – कात्तिक १६ गतेबाट एउटा सिनेमा रिलिज हुँदैछ, चंगाचेट । यो सिनेमामा २ निर्माता छन् । हुनत, सिनेमा माधव वाग्ले एक्लैले निर्माण गर्न थालेका थिए । तर, सिनेमा बनाउँदा बनाउँदै उनी जेल परे । उनी जेल परेपछि सिनेमामा शर्मिला पाण्डे जोडिइन् । शर्मिला पाण्डे जोडिएको केही समयपछि माधव छुटे ।

अहिले यी दुई निर्माताविच राम्रो छैन । प्रचारमा कसले खर्च गर्ने भन्ने दुविधा छ । माधव वाग्लेले शर्मिलालाई विचमा ल्याएकोमा खुशी छैनन् ।
फिल्ममा लगानी गर्दा पार्टनरसिपमा जाँदा निर्मातामा फुट त अनिवार्य जस्तै देखिएको हो कि ?

कृ सिनेमा बनाउँदा अभिनेता भूवन केसी र निर्माता सुवास गिरीले ४०–४० प्रतिशत लगानी गर्ने सहमती गरे । सिनेमा बन्दै गयो, सुवासले एकहोरो लगानी गरे । सिनेमामा अन्तिममा सबै लगानी सुवासकै नै देखियो । भूवनले पैसा निकाल्ने सुरसार नै गरेनन् । अन्तिममा फिल्म रिलिजको समयमा त सुवास गिरी एक्लै निर्माता भए । शम्भु प्रधान काण्डमा मुछिदा त भूवन केसी निर्माता नै नरहेको खुल्न आयो । यो लफडाले अब फेरि सुवास र भूवनले एकसाथ फिल्म बनाउँछन् भन्न सकिदैन होला ।

लिलिबिलीको काण्ड पनि यस्तै नै हो । निर्माता गोविन्द शाही र सुदिप खड्काले मिलेर सिनेमा बनाउन थाले । फिल्ममा गोविन्दको लगानी पर्दै गयो । फिल्मको रिलिजसम्म आइपुग्दा त गोविन्द र सुदिप कुटाकुट नै गर्न सक्ने अवस्थामा पुगेका थिए । बल्लतल्ल गोविन्दले सिनेमा रिलिज गरे । सुदिप र गोविन्दपछि बोलचाल नै छैन । सिनेमाको यो लफडाले गोविन्द प्रदिप च्यापेर लभ स्टेशनतिर लागे भने सुदिप अनमोल च्यापेर ब्याचलर बन्टी बनाउनतिर लागेका छन् ।

नेपाली फिल्ममा कलाकारको दोस्ती हुँदैन भनिन्छ । तर, निर्माताको पनि दोस्ती नहुने रहेछ । केही सिनेमा एकसाथ मिलेर बनाएका माधव वाग्ले र नरेन्द्र महर्जनको जोडी पनि टुट्यो । सहमती र सहकार्यमा सिनेमा बनाउँदै जाँदा अन्तिमसम्म आइपुग्दा त निर्माता २ मुख गर्न नसक्ने अवस्थामा पुग्छन् । यसले सिनेमाको रिलिज नै प्रभावित हुने देखिएको छ ।

निर्माताहरुविचको यो लडाइले निर्माताले एकसाथ सिनेमा बनाउन सक्दैनन् भन्ने सन्देश गएको छ । सुरुमा २ जना निर्माताले मिलेर सिनेमा बनाउन चाहे भनेपनि अन्तिममा त उनीहरुविच झगडा नै हुन्छ भन्ने सन्देश गएको छ । कि, एक्लै सिनेमा बनाउने आट गरुम, होइन साथी चाहिने भए सहमतीमा काम गरुम । यसरी झगडा गर्दा सिनेमा बजारको सन्देश गतिलो जादैन होला ।

यो पनि पढ्नुहोस्:

‘छक्का पन्जा’का तोड्न मुश्किल रेकर्ड

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.