फिल्म ‘गुप्त’को छायांकन समाप्त बलिवूड देखि कलिवूड कलाकारको अभिनय

मनसुन फिल्म्सको ब्यानरमा फिल्म ‘गुप्त’ तयार भएको छ । सम्पुर्ण छायाँकन पुर्वी नेपालको मोरङमा गरिएको फिल्मको हालै छायाँकन सकिएसँगै यतिबेला पोष्ट प्रोडक्सनको काम चलिरहेको निर्माण टिमले बताएको छ ।

‘सस्पेन्स हरर थ्रिलर’ जनरामा तयार भएको फिल्ममा प्रायः कलाकार नयाँ अनुहार रहँदा बलिउड कलाकार नाफे खान मुख्य अभिनयमा छन् । उनिसँगै सुष्मा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अन्शु थापा, निभा अधिकारी र विश्वराज ढकाल लिड अभिनयमा छन् ।

दिपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको निर्माणमा बनेको फिल्मलाई राज रोयले निर्देशन गरेका छन् । फिल्मको कथा पनि रोयको नै हो । अमित धरेवाल सह निर्माता रहेको फिल्मको कार्यकारी निर्माता नरेन्द्रकुमार अग्रवाल हुन् । निर्माण संयोजन अमर सापकोटाले गरेका छन् ।

आगामी मंसिर अन्तिम सातालाई संभावित प्रदर्शन समय तोकिएको ‘गुप्त’ले पछिल्लो पुस्ताको युवा पिढीको यथार्थपरक कथा पेश गर्ने निर्माता दिपेन्द्रले बताए । फिल्ममा सजन शाहको संगीत छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेको छ । रणधीर श्रेष्ठले क्यामेरा चलाएका छन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.