नेपाली कलाकारका तस्बिर, समाजलाई असर गर्छ कि बढी सोचिन्छ ?

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री प्रियंका कार्कीले भेरिफाइड इन्टाग्राम पेजमा अभिनेता आयुष्मान देशराज जोशीकी आमा रविना देशराज जोशीसँग टिका लगाउँदै गरेको तस्बिर पोष्ट गरिन् । त्यसमध्ये यी दुइको एउटा तस्बिरमा धेरैको ध्यान गयो । जहाँ, टिका लगाइसकेपछि माया साट्दै रविना र प्रियंकाले एक अर्काको ओठमा चुमेका छन् ।

सायद, प्रियंकाले रविनाको गालामा चुम्बन गरेको भए त्यतीधेरै नकारात्मक प्रतिक्रिया आउने थिएन, जति ओठमा चुम्दा आयो । आखिर, यी दुइले माया नै व्यक्त गरेका थिए, तर ओठमा चुम्दा यति धेरै नकारात्मक कुरा किन ?
आयुष्मान र प्रियंकाको इन्गेजमेन्ट भैसकेका कारणले पनि रविना प्रियंकाका लागि हुन लागेकी सासु आमा हुन् । बिहे नगर्दै सासु आमा भन्नु उपयुक्त नहोला ।

हाम्रो समाजमा सासुसँग भेट्दा बुहारीले टाउको निहुराउँदै आर्शिवाद थाप्ने चलन छ । अब, त्यो चलन
अझै छाड्न नसकेको समाजमा प्रियंका र रविनाको आधुनिक माया पचिहाल्न गाह्रो छ । सेलिव्रेटीले सामान्य रुपमा सोचेपनि त्यसले प्रभाव गहकिलै पारिदिन्छ ।प्रियंका र रविनाको विकिनीमा नुहाउँदै गरेको तस्बिरले पनि गालीको बर्षा नै पाएको थियो । त्यो तस्बिरले प्रियंकाको सेलिव्रेटी उचाई घटाइ दिएको थियो ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले रहरकै लागि भएपनि बक्षस्थलको तल ट्याटु खोपिन् । तस्बिर लिक भयो र भाइरल भयो । साम्राज्ञीलाई गाली मात्र आयो ।गाली नै गाली खाएपछि साम्राज्ञीले यसलाई व्यक्तिगत कुरा भनिन् । साम्राज्ञीले आफ्नो जुन अंगमा पनि तस्बिर खोप्न पाउने अधिकार राख्छिन् । यो उनको व्यक्तिगत अधिकारको कुरा भयो । तर, सेलिव्रेटी भैसकेपछि कुरा फरक हुने रहेछ । साम्राज्ञी बाहेक अन्य कुनै सामान्य यूवतीले यसरी ट्याटु खोपेको भए त्यसले यति चर्चा पाउने थियो होला र ?

कलाकारहरु नसोचेर या सामाजिक संजाललाई व्यक्तिगत रहरमा परिणत गरिदिन्छन् । तर, त्यसले पाउने मिडिया कभरेज र समाजमा पर्ने असरको बारेमा सोच्दैनन् । जसले पछि यति धेरै गाली खान्छ कि, उनीहरुको बन्दै गरेको उचाई पनि घटाइदिन्छ ।
हुनत, कतिपय अवस्थामा सेलिव्रेटीको बारेमा समाजले बढी नै नकारात्मक टिप्पणी गर्छ । सेलिव्रेटीको पनि व्यक्तिगत जीवन हुन्छ भन्ने विर्सन्छ । तर, सामाजिक व्यक्ति भैसकेपछि त्यसभित्र पर्ने मुल्य र मान्यतालाई पनि संझन आवश्यक छ ।

यो पनि पढ्नुहोस्:

नव जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको पहिलो दशैं टिका ( फोटो फिचर )

भिडियो पनि हेर्नुस

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.