मेनुका नेपाल आइडलबाट बाहिरिन्, सारेगमपमा प्रशंसा नै प्रशंसा

नेपाल आइडलको सिजन १ मा उत्कृष्ट १० मा पनि परेकी थिइनन् झापाकी मेनुका पौडेल । दृष्टिबिहिन मेनुकाका आवाज बुलन्द छ । नेपाल आइडलबाट बाहिरिएपनि उनले हार भने खाइनन् ।
मेनुकाले आफ्नो प्रतिभालाई देश बाहिरको रियालिटी शोमा पनि देखाउने सोच बनाइन् र बर्षभरी मिहिनेत गरिन् ।

अहिले उनी भारतको चर्चित टेलिभिजन जीटीभीबाट प्रशारित हुने चर्चित गायन रियालिटी शो सारेगमपमा सहभागी भएकी छिन् ।
मेनुकाले नेपालको अडिसनबाट छनोट भएर यो प्रतियोगीतामा गीत गाउँदा यसको मुल्यांकनका लागि बसेका निर्णायक पनि अचम्मित भए ।

बलिउडकी सफल पाश्र्व गायिका लत्ता मंगेसकरको आवाजमा समावेश जाने क्या बात हे बोलको गीत उनले गाइन् । यो गीत गाउँदै गर्दा निर्णायकहरु भावूक बने । सबैका आँखाबाट आँशु रसाए ।
निर्णायकमध्येका एक शेखर रबजानीले उनलाई दिएको प्रतिक्रिया साच्चिकै मन छुने खालको छ । उनले, मेनुकालाई तिम्रो स्वरको मुल्यांकन गर्ने क्षमता आफूसँग नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।

यो प्रतिक्रियाले मेनुकालाई नेपाल आइडलबाट बाहिरिदा पुगेको चोट विर्साइदिएको छ ।
मेनुकालाई अब जजहरुले मेघा अडिसनमा भेट्ने बाचा गरेका छन् । उनले स्टेजमा नेपालको नाम चम्काउने काम समेत गरेकी छिन् । मेनुकाको प्रतिभाले एउटा राम्रो स्टेज पाएको छ । उनले यो स्टेजमा आफूलाई कतिसम्म चम्काउन सक्नेछिन्, हेर्दै जाउ ।

यो पनि पढ्नुहोस्:

बलिउडमा चर्किएको ‘मि टू’ले कस–कसलाई दियो धक्का ?

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.