स्पेनका चार शहरमा ‘छक्का पञ्जा ३’

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ यतिबेला नेपालका हलहरुमा सफलताका साथ चलिरहेको छ । नेपालमा प्रदर्शन हुँदैगर्दा यो फिल्मको अब अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ, हालै फिल्मको स्पेन प्रदर्शन सेड्युअल तय भएको छ ।

पछिल्लो क्रम स्पेनमा नेपाली फिल्मको मार्केट फस्टाउँदै जाँदा एकपछि अर्को गर्दै हरेक महिना जसो फिल्म प्रर्दशन हुने क्रम बढ्दो छ । सोहि क्रममा यसअघि कृ, लिलिबिली, रमकहानी लगायतका आधा दर्जनबढि फिल्म स्पेनमा प्रदर्शन गराइसकेको कम्पनी सारा इभेन्ट इन्टरटेन्मेन्टले ‘छक्का पञ्जा ३’ स्पेनको चार सहरमा प्रर्दशन गर्ने भएको हो ।

सारा इभेन्टका मेघनाथ ढकालले स्पेनको राजधानी म्याड्रीडसँगै बार्सिलोना, बेनिड्रोम र विल्वाओ गरि चार शहरमा ‘छक्का पञ्जा ३’ को प्रर्दशन निश्चित भएको जानकारी गराए ।

नोभेम्बर ५ मा बेनिड्रोममा फिल्म प्रदर्शन हुनेछ भने नोभेम्बर ११ तारीखमा म्याड्रीडबासी नेपालीमाझ फिल्म देखाइने छ । अन्य दुइ शहरको प्रदर्शन मिति तय हुन बाँकी रहेको ढकालले बताए । चार शो भइसक्दा थप दर्शकको माग भएमा अन्य शोजहरु थप गरेर फिल्म प्रदर्शन गर्ने लक्ष्य सारा इभेन्टले राखेको छ ।

कमेडी जनरामा निर्माण भएको यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्घि तामाङ, प्रियंका कार्की, नीर शाह लगायतका कलाकारहरु लिड अभिनयमा छन् । घटस्थापनाबाट प्रर्दशनमा आएको यस फिल्मले नेपाली बजारमा करोडौंको कमाइ गरिसकेको छ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.