फेरिएको जोडीको भाषा

सुत्र इन्टरटेन्मेन्ट – रिल लाइफमा सफल जोडी भन्ने वित्तिकै, ह्यान्डसम हिरो, ब्यूटिफल हिरोइन र उनीहरुलाई मन पराउने दर्शकको संख्यालाई हेरिन्छ । यही आधारमा नेपाली फिल्मको सफल जोडीको मापन गरिएको पनि छ ।
राजेश हमाल र करिश्मा मानन्धर अभिनय राम्रो गरेर हिट जोडी भएका होइनन् । उनीहरुको स्टाइललाई दर्शकले मन पराएका हुन् ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी पनि उस्तै हो । मेरो एउटा साथी छ भन्दै उनीहरु हिरो हिरोइन पारामा ननाचेको भए मन पराइएको जोडी नभन्न पनि सकिन्थ्यो ।
तर, अहिले नेपाली फिल्मको भाषा फेरिएसँगै जोडीको भाषा पनि विस्तारै बदलिएको छ । अहिले हिट जोडीका लागि डाडाकाडामा नाच्नै पर्दैन । अहिले दर्शक र फिल्मीकर्मीले मन पराएपछि त्यो जोडी हिट हो ।

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको जोडीलाई नै हेरौ । प्रियंका र दयाहाङका जोडी अहिले त अलग छ । तर, उनीहरुले सिनेमा धेरै खेले । उनीहरु दुबै जनालाई लिएर सिनेमा बनाउन निर्माताले पैसा पनि खर्च गरे । दया र प्रियंकाको जोडीले कहिले पनि कुनै डाँडामा गएर नाचेनन, प्रियंकाको उडिरहेको सारीमा दयाले मुख लगाउँदै माया देखाएनन् । तर, पनि दर्शक यी दुइलाई मनदेखि मन पराउन थाले ।

दया र प्रियंकाको जस्तै जोडी अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतको छ । हुनत, जात्रा बाहेक यी दुइको अरु सिनेमा रिलिज भएको छैन । तर, बर्षा र विपिनले ३ वटा सिनेमामा काम गरिसकेका छन् ।
गोपि रिलिजको प्रतिक्षामा छ भने जात्रै जात्राको छायांकन सुरु हुँदैछ ।

जात्रामा विपिन र बर्षाले रोमान्स गरेनन् । बरु, श्रीमान् श्रीमति बनेर घर भित्रको समस्यामा अल्झिए, झगडा गरे, माया गरे । तर, पनि यो जोडी रुचाइयो । लगातार ३ वटा सिनेमामा देखिनु यसको उदाहरण हो ।

नेपाली फिल्ममा रिल जोडीको भाषा बदलिदैछ । हिट हुनका लागि सधै नै अंकमाल गरेर मायाको बारीमा पिरतीको फूल फूलाउन आवश्यक छैन भन्ने देखिदै छ ।

यो पनि पढ्नुहोस्:

नेपाली कलाकारका तस्बिर, समाजलाई असर गर्छ कि बढी सोचिन्छ ?

Ranveer and Deepika finally tying the knot: Astonishing ocassion and venue plan

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.