कवितालाई आफ्नै प्रेमकथामा सफलता

सुत्र इन्टरटेन्मेन्ट – बोबी सिनेमा चल्नु अगाडिसम्म कसैलाई पनि यो सिनेमाले राम्रो कमाई गर्छ भन्ने लागेको थिएन । चलेको १ शोमै हलबाट उत्रन्छ भन्ने लागेको थियो । तर, सिनेमा चलेपछि मल्टिप्लेक्समा ५ हप्तासम्म दर्शक आइदिए । जसलेगर्दा, यो सिनेमाबाट सोच्दै नसोचेको एक जोडी फिल्म क्षेत्रमा देखियो ।


नर्वेमा बस्दै आएका कविता गुरुङ र उमेश थापाको वास्तविक प्रेम कथालाई मिलन चाम्सले निर्देशन गरेर फिल्मी भाषामा बुनेका थिए । उनकै, भाषाले कमाल गर्यो र सिनेमा चल्यो ।
सिनेमा चलेपछि कविता मख्ख छिन् । किनकी, आफ्नो चोखो प्रेम कथाको कहानी विश्वभरका नेपालीलाई सुनाउन पाउँदा उनी खुशी भइन् ।


यो सिनेमाको बोबी हेरौ, नर्वे घुमौ भन्ने योजना पनि थियो । यो योजनाका विजेता आज छानिएका छन् । झापाका राज लिम्बुले यो उपहार पाएका छन् ।
अब, उनले कविता र उमेशको घरमा बसेर नर्वे घुम्नेछन्, त्यो पनि एक जना साथीसहित ।


Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.