रिलिजको संघारमा ” चंगा चेट ” का तिन फरक पोस्टर

आउँदो शुक्रवार देखि रिलिज हुने फिल्म ‘चङ्गा चेट’ले तीन अफिसियल पोस्टर सार्वजनीक गरेको छ । एक पोष्टरमा चार मुख्य कलाकारलाई अपराधीको रुपमा देखाएको छ, भने अर्का दुई पोष्टर कमेडी शैलीमा तयार पारिएका छन् । जसमा फिल्मका लिड कलाकारलाई स्थान दिइएको छ ।

फिल्मको पहिलो सार्बजनिक गीत “गोजीमा दाम छैन”लाई दर्शकहरुले अत्यधिक रुचाइदिएका छन् । त्यस्तै फुल अफ कमेडी रहेको ट्रेलरले पनि अहिले निकै चर्चा कमाएको छ ।

दीपेन्द्र के. खनालको निर्देशन मा रहेको चलचित्र ‘चङ्गा चेट’मा
प्रदीप भारद्वाजको पटकथा अनि सम्बाद रहेको छ | निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको पनि अथिति भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व र निरक कँडेलको छायांकन रहेको छ । फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन् ।
फिल्म “लुट” का निर्माता माधब वाग्ले र “लाभ सासा” कि निर्मात्री सर्मिला पाण्डे फिल्म ” चंगा चेट ” लाई सामुहिक निर्माण गरेका छन|

आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको मुख्य अभिनय रहेको फिल्म डार्क कमेडी रहेको बताइएको छ ।

 

कलाकारको पारिश्रमिक वृद्धि, हचुवाको डिमाण्ड कि स्टारडम ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.