विराज भट्ट सफलता खोज्दै कहिले यता कहिले उता

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता विराज भट्टको छटपटी लामो समयदेखि बढेको छ । जब नेपाली फिल्ममा फेरि निखिल उप्रेती फर्किए, विराज पनि फर्किनका लागि जोडतोड लगाइरहेका थिए । तर, उनलाई लिएर फिल्म बनाउने रिस्क निर्माताहरुले नमोलेकै हुन् ।

निर्माता रोज राणाले आफै निर्देशक बनेर विराज र आफ्नो सेफ ल्याण्डिङ गर्न खोजेका हुन् । तर, जय परशुराम असफल भएपछि विराज पनि भोजपुरी तिर नै हानिए । भोजपुरी सिनेमामा व्यस्त भएका विराजलाई त्यहाँ दाम त मिल्यो, तर नेपाली फिल्ममा जस्तो नाम मिलेन ।

यसैले उनी लामो समयदेखि नेपाली फिल्म खेल्नका लागि कहिले यता र कहिले उता गरिरहेका छन् । विराजले जय परशुराम भन्ने सिनेमा चलेको भए ठूलो राहत पाउने आशा पनि गरेका थिए । तर, त्यो पनि संभव भएन । विराजलाई नेपाली फिल्म छाडेर भोजपुरीतिर लागेपछि लक नै लागेन ।

विराज अब फेरि नेपाली फिल्ममा आउने र पुरानो नाम कमाउने धुनमा छन् । यसका लागि उनलाई अब भने आफै फिल्म निर्देशन गर्नुपर्ने भएको छ ।
विराजले नयाँ सिनेमा साङ्लो निर्देशन गर्न लागेका छन् । साङ्लो सिनेमाबाट उनी निर्देशक र अभिनेता दुबै हुने धुनमा लागेका छन् । यो सिनेमा विकास बोर्डमा दर्ता भैसकेको छ ।

विराजले यो सिनेमाका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र प्रियंका कार्कीसँग कुरा गरिरहेको खबर पनि बाहिरिएको छ ।
हुनत, यो बिषयमा विराज आफैले पनि केही भनेका छैनन् । तर, विराज भट्टले नेपाली सिनेमामा पाएको सफलता छाडेर भोजपुरीमा जाँदा अहिले फर्कन गाह्रो भएको छ ।

अहिले विराजका सिनेमा हेर्ने दर्शक छैनन् । दर्शकको स्वाद र कलाकार फेरिएका छन् । निखिल उप्रेती त चल्न सकेनन् । अब, सोही स्टाइलको काम गर्ने विराज फेरि चल्छन् भनेर प्रश्न धेरैले उठाएका छन् ।
विराज भट्ट नेपाली फिल्ममा अहिले यता न उताका भएका छन् । के उनलाई आफ्नै निर्देशनको सिनेमाले यता न उताबाट हुन जोगाउला ?

 

यो पनि पढ्नुहोस्:

साम्राज्ञीले फिल्म छाड्दा फाइदा कसलाई ?

” नेपाली चलचित्र – ग्ल्यामर्सको ब्यापार छैन अपार “

हामीलाई अंग्रेजीमा पनि पढ्नुस 

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.