आँचलको एउटा बोलीले बिगा¥यो करिअर

सुत्र इन्टरटेन्मेन्ट – नेपाली फिल्ममा कम कलाकारसँग स्टारडम छ । जो आफ्नो डिमाण्ड अनुसार फिल्म बनाउनेलाई घुमाउँछन् । धेरै कलाकार फिल्म बनाउनेको अनुसार चलेनन् भने काम पाउन गाह्रो छ ।
यसैले पनि कलाकारले बोल्दा र कसैको बारेमा भन्दा धेरै ध्यान दिन आवश्यक देखिन्छ । किनकी, सिनेमा बनाउनेको चित्त सबैभन्दा पहिले दुख्छ यहाँ ।

ब्ल्याक सिनेमाको एउटा कार्यक्रममा अभिनेत्री आँचल शर्माले आफूलाई हुलमुलको फिल्म खेलेर घाटा भएको अभिव्यक्ति दिइन् । शत्रु गते गर्दा आफूलाई घाटा कम भएको र काम देखाउन नपाएको अभिव्यक्ति आँचलको थियो । आँचलको यो अभिव्यक्तिले यो फिल्म बनाउनेलाई पोल्यो । पोल्न पनि यसरी पोल्यो कि, मज्जैले पोल्यो । किनकी, सिनेमामा मुख्य हिरोइन बनाएकी अभिनेत्रीबाट नै यस्तो अभिव्यक्ति, मह जोडी र किरण केसीका लागि त्यती पाच्य थिएन ।

यो ब्यानरले बनाएको शत्रु गते १२ करोड ग्रस गर्दै ब्लकबस्टर भयो । संभवत, अभिनेत्री आँचल शर्माको करिअरको ब्लकबस्टर सिनेमा यही बन्नेछ । तर, ब्लकबस्टर सिनेमा पाउँदा पनि आँचलले किन यसो भनिन् भनेर यो टिममा गुनासो चलेको थियो ।
यही भएर मह संचार र किरण केसीको जोडीले सिनेमा दाल भात तरकारी बनाउने तयारी गरे । तर, यसपटक आँचललाई यो टिमले संझिइन् । यो टिममा स्वस्तिमा खड्का, बर्षा राउत, प्रियंका कार्की, निरुता सिंह जस्ता ४ अभिनेत्री अटाए । तर, आँचल अटाउन सकिनन् ।

जबकी, सिनेमा रिलिजको समयमा हरिवंश आचार्यले सबैभन्दा धेरै तारिफ आँचलको नै गर्थे । आँचलको बर्थ डे सेलिव्रेशन समेत यो टिमले गरिदिएको थियो । तर, आँचलले यो कुरा वुझ्न सकिनन् ।
आँचलको त्यो एउटा बोलीले उनलाई फाइदा भएन । किनकी, आँचलले अहिले नयाँ सिनेमा कुनै पनि साइन गरेकी छैनन् । उनले, आफूलाई अफर आएको त बताइरहेकी छिन् । तर, शत्रु गतेपछि अभिनेता पल शाहले नयाँ सिनेमा साइन गरिसक्दा पनि आँचल खाली बस्नु आफैमा सोचनिय बिषय हो ।

आँचलको त्यो बोलीले अरु ब्यानरका निर्माता पनि तर्सिएका छन् । किनकी, आँचल आफैले सिंगो सिनेमा बोक्न सक्दिनन् भन्ने ब्ल्याकको व्यापारले देखाइसकेको छ । आँचल हुलमुलको सिनेमा पनि गर्न चाहन्न् । हुनत, अहिले आँचलले आफूले सोलो हिरोइन मात्र बन्छु भनेर नभनेको अभिव्यक्ति दिन थालेकी छिन् । तर, बोल्यो कि पोल्यो भनेजस्तै भएको छ उनलाई । त्यो एउटा बोली उनका लागि करिअरमै भारी पर्न सक्ने विश्लेषण भैरहेको छ ।

यो पनि पढ्नुहोस्ः

साम्राज्ञीले फिल्म छाड्दा फाइदा कसलाई ?

कलाकारको पारिश्रमिक वृद्धि, हचुवाको डिमाण्ड कि स्टारडम ?

More Bollywood Gossip

हामीलाई अंग्रेजीमा पनि पढ्नुस 

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.