स्टारडमको घमण्डले डुबाउला ? आज छ भोली छैन

घमण्ड नगरेपनि हुन्छ, फिल्म लाइनमा आज पाएको काम भोली नपाएर भौतारिन पनि पर्छ । एउटा फिल्म चल्दा स्टार ठान्नेहरु काम नपाएर भौतारिएका छन् । स्टारडम र व्यस्तता दुई दिनको पाहुना हुन्, आज छ भोली छैन ।
एउटा शुक्रबार उकासिएको स्टारडम अर्को शुक्रबार खस्किएर कहाँ पुग्छ पुग्छ । यसैले सिनेमा लाइनमा लाग्नेहरुमध्ये धेरैको जीवन यात्रा कतिबेला कहाँ पुग्छ र उदाउँछ या बिलाउँछ थाहा नै हुँदैन ।

अहिले बर्षमा १०० वटा सिनेमा बनेका छन् । यही भएर नै हो, फिल्म लाइनमा काम गर्नेहरु फुर्सदमा बस्नु परेको छैन । धेरैलाई आफू व्यस्त भएको घमण्ड पलाउन सक्छ । तर, त्यो व्यस्तता भन्दा पनि बैकल्पिक हो भन्ने वुझ्न आवश्यक छ ।
कुनै समय सिनेमा खेलेर आफूलाई स्टार भएको घमण्ड गर्ने हिरो हिरोइनहरु अहिले काम नपाएर लहडिएका छन् ।

अभिनेत्री बेनिशा हमालकै हातमा सिनेमा छैन । उनलाई सिनेमामा निर्माताले पत्याउन छाडेका छन् । उनको सिनेमाले पनि व्यापार राम्रो गरेन । सायद, उनलाई नेपाली फिल्ममा लामो रेशको घोडा बन्न मुश्किल छ ।
समर लभ बाहेक अभिनेत्री नम्रता सापकोटाको हातमा पनि अफर जान छाडेको छ । केही राम्रा ब्यानरले पत्याएपनि उनले आफूलाई स्थापित गर्न नसक्दा उनलाई म्यूजिक भिडियोको साहरा लिनु परेको छ ।

फिल्म, तीजका गीतदेखि म्यूजिक भिडियो खेलेकी अभिनेत्री अनु शाहका लागि पनि अहिले अफर आउन छाडेको छ । अनु शाह अभिनेता सविन श्रेष्ठको प्रेममा डुबेपछि उनी खाली बस्नुपरेको हो । अनुका कुनै पनि सिनेमाले हलमा राम्रो कमाई नगरेकाले पनि उनी खाली खाली छिन् ।
यस्तै हाल त अभिनेत्री सगुन शाहीको पनि छ । ढुवानी सिनेमामा काम गरेकी यी हिरोइनलाई पनि निर्माताले पत्याएको देखिएन ।

रजनी केसीको हालत पनि उस्तै हो । उनलाई लोफर सिनेमा खेल्दा अब आफू स्टार भए भन्ने लागेको थियो । तर, अहिले उनलाई टीभी सिरियलकै भरमा बस्नुपर्ने अवस्था छ ।
अभिनेत्री खुश्वु खड्काको हात पनि शुन्य छ । जुनी सिनेमा रिलिज हुने कहिले कहिले, उनलाई ठूला ब्यानरले पत्याएनन् । केही भिडियो खेल्नु बाहेक उनको सिनेमा करिअर पनि धराशायी नै भयो ।

प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, बर्षा राउत, वर्षा सिवाकोटी, स्वस्तिमा खड्का लगायतका हिरोइनको हातमा सिनेमा छाड्ने र गर्ने अवस्था रहँदा धेरै हिरोइन काम नपाएर हिड्नुपर्ने अवस्था छ । यसैले त एउटा सिनेमा खेल्दैमा स्टार भए भन्ने घमण्ड नगरेपनि हुन्छ भनिन्छ ।

यो पनि पढ्नुहोस्:

साम्राज्ञीले फिल्म छाड्दा फाइदा कसलाई ?

” नेपाली चलचित्र – ग्ल्यामर्सको ब्यापार छैन अपार “

हामीलाई अंग्रेजीमा पनि पढ्नुस 

विराज भट्ट सफलता खोज्दै कहिले यता कहिले उता

 

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.