दार्जिलिङपछि काठमाडौंमा लभ स्टेशन

फिल्म लिली विलीबाट चर्चामा आएका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को फिल्म लभ स्टेशनको छायाँकन दार्जिलिंग पछि अहिले काठमाडौंमा छायाँकन भईरहेको छ । यो फिल्मको दुई ओटा गीत बाहेकको अन्य सम्पूर्ण छायाँकन तिहार अघि नै काठमाडौंमा सकिने निर्माता गोविन्द शाहीले बताएका छन् । ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर फिल्म ‘लभ स्टेशन’को निर्माण युनिट २ दिन अघि काठमाडौं आइपुगेको हो ।

उज्ज्वल घिमिरेले निर्देशित यो फिल्म लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो । जसमा प्रदीप, जसिता र प्रदिपले अहिलेसम्मकै राम्रो काम गरेको र फिल्म भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताएका छन् ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
यो पनि हेर्नुहोस्:
फिल्म ‘अनुग्रह’को ट्रेलर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.