फिल्म फरक गर्ने कि धेरै गर्ने ?

सुत्र इन्टरटेन्मेन्ट – भारतको चर्चित फिल्म उद्योग बलिउडमा फिल्म धेरै गर्ने भन्दा फरक गर्ने होडबाजी छ । त्यहाँका कलाकार बर्षमा मुश्किलले एउटा सिनेमा गर्छन् तर फरक गर्छन् । यदि, कसैले बर्षमा ४ वटा सिनेमा खेल्दै छ भनेपनि त्यसले फरक फरक भूमिका निर्वाहा गरिरहेको हुन्छ ।

तर, नेपालमा ठ्याक्कै उल्टो छ । यहाँ फरक गर्ने भन्दा पनि धेरै गर्ने होडबाजी चलिरहेको छ । धेरै सिनेमा खेल्ने स्टार, धेरै पारिश्रमिक लिने स्टार कहलिएका छन् । यही भएर पनि दर्शकले कुनै पनि कलाकारबाट फरक अभिनयको टेष्ट थाहा पाउन पाएका छैनन् ।

नेपाली सिनेमामा ३ सय बढी सिनेमा खेलेका अभिनेता राजेश हमालले फरक भूमिका निर्वाहा गरेको सिनेमा उनलाई नै थाहा छैन । एउटा हातले पैसा लिएर अर्को हातले सिनेमा खेलेरै राजेश हमालले समय बिताए । उनले कहिले पनि फरक गर्ने कोशिश नै गरेनन् ।

अभिनेता विराज भट्ट, निखिल उप्रेतीको भूमिका पनि दर्शकलाई संझनयोग्य छैन । उनीहरु पनि द्धन्द्धलाई बढी ध्यान दिएरै काम गरे, कथावस्तु सधै एउटा नै भयो ।

हिरोइनहरुको हकमा यो झन् बढी लागू छ । खै त हिरोइनका संझनलायक सिनेमा । यसले यो फिल्ममा मिहिनेत गरेको रहेछ भन्ने नै देखिदैन ।

अहिले बर्षमा आधा दर्जन सिनेमा कसैको रिलिज हुन्छ भने प्रियंका कार्कीको हुन्छ । बर्षमा अफर आएका सबै सिनेमा उनले गर्छिन् । तर, खै त फरकपन । सधै उही भूमिका, उस्तै काम ।

कुनै सिनेमाका लागि भनेर हिरो हिरोइनले आफूलाई परिवर्तन गरेको कही कतै देखिदैन । अहिले धेरै सिनेमा गरिरहेका स्वस्तिमा खड्का, बर्षा राउतको पनि हालत उस्तै छ । केकी अधिकारीले पनि आफूलाई परिवर्तन गर्ने कोशिश खासै गरिनन् ।

धेरै सिनेमा पाउँदा आफू हिट  र चलेको भन्ने भ्रममा मस्का लगाएर बसेका छन् हिरो हिरोइन । तर, सधै भूमिका उस्तै, काम त्यही ।

आखिर, दर्शक एउटै कलाकारबाट जहिले पनि एउटै भूमिकाको अपेक्षा कसरी गर्न सक्छन् ? न त निर्माता, निर्देशकले कलाकारलाई बदल्ने कोशिश गरे, न कलाकार बदलिने कोशिशमा नै लागे । धेरै गर्नु भन्दा पनि फरक गर्नुतर्फ लागे लामो समयसम्म त्यसले काम दिन्छ । तर, यहाँ त सबैलाई पैसा कमाउनुछ । यो रेशमा दर्शक कस्तो स्वाद चाहन्छन् भन्ने नै कलाकारले विर्सिएका छन् ।
यो पनि पढ्नुहोस्:
दार्जिलिङपछि काठमाडौंमा लभ स्टेशन

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.