‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा निर्णायक प्रमोदले प्रतियोगी आशिषलाई भने–‘मैले डाइमण्डलाई स्टील गरेको थिएँ’

नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा प्रतियोगी आशिष गुभाजुले चारै जना निर्णायकहरुको स्ट्याण्डिंग ओवेसन पाएका छन् ।

टिम प्रमोदका प्रतियोगी आशिषलाई टिम सनुपबाट स्टील गरेका थिए । उनले आशिषलाई डाइमण्डको उपमा दिएका छन् । निर्णायक तथा कोच प्रमोदले प्रतियोगी आशिषको बारेमा भने, ‘आशिषलाई मैले स्टील गरे, मलाई थाहा थियो मैले डाइमण्डलाई स्टील गरेको थिएँ र भ्वाइस नेपालको यो सिजनको वान अफ दि टप भर्सटायल सिंगर पायौं ।’

त्यसैगरि कोच सनुपले आशिषले बिस्तारै बिस्तारै आफैंलाई प्रमाणित गरिरहेको र निकै खुशी भएको बताएका थिए भने कोच अभयाले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा उनी निकै ससक्त गायक भएको दाबी नै गरिन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आईतवारको कार्यक्रममा टिम प्रमोदको तर्फबाट चारजना प्रतियोगीहरु सुरज, योगेन्द्र, आशिष र सुरेखा मध्ये प्रतियोगी आशिषलाई कोच प्रमोदले बचाएका थिए भने बाँकी प्रतियोगीहरु भोटिंगको लागी गएका छन् ।

त्यस्तै टिम सनुपको तर्फबाट चारजना प्रतियोगीहरु शैलु, शानिध्या, सन्तोष र निशान्त मध्ये लाई कोच सनुपले प्रतियोगी सानिध्यालाई बचाए भने बाँकी प्रतियोगीहरु भोटिंगको लागी गएका छन् ।

शनिवारको कार्यक्रममा प्रस्तुती दिएका प्रतियोगीहरुमध्ये टिम दिपबाट विवेक र सिडी बिजय तथा टिम अभयाबाट आश्रा र कुशल दर्शकहरुको भोटिंगको आधारमा अघिल्लो चरणमा जान सफल भएका छन् ।

लाइभ राउण्डको फम्र्याट

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को लाइभ राउण्ड कार्यक्रममा दुईजना निर्णायक तथा कोचहरुले आफ्ना चार÷चार जना प्रतिस्पर्धीहरुलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् । बाँकी ३ जना प्रतिस्पर्धीहरुलाई भने भोटिंङको लागि अगाडि पठाउनेछन् ।

प्रतिस्पर्धीहरुमध्ये आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुनेछ ।

त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्नुहुने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुनेछ ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्नसक्नुहुनेछ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । (उदाहरणको लागि १६६६७७ मा कल गर्नुस र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।)

दर्शकहरुले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मन परेको प्रतियोगीलाई भोट गर्न सक्नुहुनेछ । यसको लागि तपाईँले एन्ड्रोयड मोबाइलको लागि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को एप डाउन लोड गर्नका लागि यो (जततउकस्ररउबिथ।नययनभि।अयmरकतयचभरबउउकरमभतबष्किरुष्म.अयm।लभउधबचभ।तखयल ) लिंकमा जानुहोस् ।

त्यसैगरि एप्पलको आईओएस स्टोरबाट डाउनलोड गर्नको लागि यो (जततउकस्ररष्तगलभक।बउउभि।अयmरलउरबउउरतजभ(खयष्अभ(या(लभउबरिष्मज्ञघछद्दद्धद्धद्धटछटरुmत.ड) लिंकमा जानुहोस् ।

मोबाइल एपबाट प्रत्येक प्रतियोगीको लागि अधिकतम ५ वटा भोट गर्न सकिनेछ ।

आईतवार कला प्रस्तुत गरेका प्रतियोगीहरुको भोटिंङको रिजल्ट पनि आउँदो एपिसोडमा प्रस्तुत हुनेछ । त्यसैले आफूलाई मनपरेको प्रतियोगीलाई धेरैभन्दा धेरै भोट गर्न हार्दिक अनुरोध गर्दछौं ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

थप जानकारीका लागि

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेज र यूट्यूब पेजमा जानुहोस् ।
यो पनि पढ्नुहोस्:
जजको हौसला बटुलदै मेनुकाले पार गरिन ‘सारेगामापा’को अर्को खुड्किलो(भिडियो सहित)

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.