साम्राज्ञीले रिप्लेस गरिन् दीपिकालाई

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले लामो समय सोचेर नयाँ फिल्म खेल्ने भएकी छिन् । साम्राज्ञीले करिब दर्जन फिल्मको अफरलाई अस्विकार गरेकी थिइन् । तर, यसपटक भने उनलाई फिल्मको कथावस्तुले यसरी मन छोयो कि, उनले नाई भन्न नै सकिनन् ।

साम्राज्ञीले काम गर्न लागेको नयाँ फिल्मको नाम फाइनल छैन । तर, यसलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्दैछिन् । नवल नेपाल फिल्मका निर्देशक हुन् ।

साम्राज्ञीले काम गर्न लागेको यो फिल्मका लागि अभिनेता पुष्पल खड्का र नव अभिनेत्री रेविका गुरुङ पहिले नै फाइनल थिए । अब, यो फिल्मको मुख्य भूमिकामा साम्राज्ञी भित्रिएकी हुन् ।

साम्राज्ञीले गर्ने भनेको भूमिका पहिले अभिनेत्री दीपिका प्रसाइले गर्ने चर्चा थियो । तर, दीपिका इन्गेजमेन्ट गरेर हनिमुन मनाउन थाइल्याण्डतर्फ लागेपछि साम्राज्ञीले फिल्ममा उनलाई रिप्लेस गरेकी हुन् ।

यो फिल्मका लागि साम्राज्ञीले १५ लाख पारिश्रमिक लिएको चर्चा छ । फिल्मको छायांकन माघको तेश्रो साताबाट सुरु हुँदैछ । संजय लामाले फिल्म खिच्नेछन् ।

यो पनि पढ्नुहोस्:

प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ को पोस्टर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.