नेपाली कलाकारको बोलीः आज एउटा अर्कै भोली

सुत्र इन्टरटेन्मेन्ट – नेपाली कलाकारले बोल्ने गरेका कुरा किन सामाजिक संजाल र संचारमाध्यममा त्यती चर्चित नबनेका होलान् । के नेपाली कलाकारको बोलीमा दम छैन, या उनीहरुको बोलीलाई समाजले त्यती गम्भिर भएरै हेर्दैन वा उनीहरुको बोलीले समाजलाई खासै असर नै गर्दैन वा कलाकार बोल्न नै जान्दैनन् ।

बलिउडमा कलाकारले बोल्ने सानो कुराले देश हल्लाउँछ । तर, नेपालमा कलाकारको बोली साह्रै नै सस्तो भएको पाइन्छ । यसको अर्को पनि कारण छ । नेपाली कलाकारको बोली आज एउटा भोली अर्कै हुन्छ । आफूले बोलेको कुरा पहिले आफूले नै व्यवहारमा उतार्न पर्छ भन्ने नै उनीहरुलाई थाहा छैन । देश र दुनियाँको बारेमा त उनीहरु कमेन्ट गर्न नै चाहँदैनन् ।

कुनै कुरा बोली हाले भने पनि त्यो टिकाउन सक्दैनन् । अभिनेता राजेश हमालले बिहेलाई ढोंगी भने । आफूले बिहे नगर्दासम्म उनले बिहेलाई ढोंगी नाताको परिभाषा दिए । तर, अहिले उनी बिहे गरेर चुपचाप घर गृहस्थी बिताइरहेका छन् ।

राजेश हमालको यो बोली उनीमाथि नै लामो समय लागू हुन सकेन । अभिनेत्री रेखा थापाको एउटा बोली अहिले चर्चामा छ । उनले, फिल्म चलेको बेला हलमा कलाकार जानुलाई नौटंकी भनिदिइन् । तर, नेपाली कलाकार हलमा जाने सिस्टमको सुरुवात गर्न उनको योगदान छ । उनी आफू अभिनित फिल्म रिलिजको समयमा हलको बाहिर होइन, भित्र सिटमै पुग्थिन् ।

अहिले उनलाई यो कुरा नौटंकी लागिरहेको छ । अभिनेता निखिल उप्रेतीले नेपाली फिल्मलाई अब आफूले परिवर्तन गर्ने भन्दै परिवर्तनको संवाहक नै बन्न खोजे । तर, निखिलले खेलेका फिल्मले फिल्म क्षेत्र परिवर्तन गर्नु त त्यस्तै हो, उनलाई नै परिवर्तन गर्न सकेन । निखिलको बोली अर्थ न बर्थको रहन पुग्यो ।

नेपाली फिल्मका कलाकारको बोलीको टुंगो नै छैन । फिल्म छक्का पन्जामा महिलालाई पिट्ने संवाद बोलेको भन्दै अभिनेत्री ऋचा शर्मा यसकी निर्देशकमाथि नै खनिइन् । तर, कोहलपुर एक्सप्रेसमा २–३ जना पुरुषसँग अवैध सम्बन्ध राखेको दृश्य खेल्न उनलाई कुनै आपत्ती नै भएन । कलाकारको बोलीको भर छैन ।

उनीहरु चर्चामा आउनका लागि जे पनि बोलिदिन्छन् । जसलेगर्दा, कलाकारलाई दर्शकले, समाजले पत्याउन नै सकेको छैन । फिल्म मात्र हेरिदिएर स्टार भइदैन । समाज र देशले पत्याउन सक्ने पनि हुनुपर्छ । त्यस्तो स्टारडम बोकेको कलाकार खै त नेपालमा ?

यो पनि पढ्नुहोस्:
साम्राज्ञीले रिप्लेस गरिन् दीपिकालाई

यो पनि हेर्नुहोस:

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.