फिल्म ’सुश्री सम्पति’ को’झूम्की हराए’सार्वजनिक

मङ्सिर २८ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ’सुश्री सम्पति’ को’झूम्की हराए’बोलको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड रहेकी छिन ।

गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने यसलाई मिना निरौला र राजन इशानले स्वर दिएका छन् । तिहार आउदै गर्दा निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् भने केहि दिन पछि फिल्मको ट्रेलर सार्वजनिक हुने निर्माण पक्षले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्:
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ को पोस्टर सार्वजनिक

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.