सामाजिक संजालमा चर्चा बटुल्दै भाईरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट अभिनित देउसी भइलो गीत

हिन्दू धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहारको अवसरमा देउसी भैलोका म्युजिक भिडियो सार्वजनिक भएका छन। यसै क्रममा अहिले भाईरल भएको जोडी बखत बिष्ट र उन्की श्रीमती प्रतिभ चौधरी बिष्ट अभिनित देउसी भाईलोको म्युजिक भिडियो पनि यती बेला दर्शकको अपार माया पाइरहेको छ।

काग तिहारमा युटुब मार्फत रिलिज भएको युक्त गीत अहिले देश – बिदेशमा ट्रेन्डिङमा पर्न सफल भएको छ। युटुबमा रिलिज भएको २ दिनमै ७ लाख भन्दा बढी पटक हेरिएको छ। यसै क्रममा नेपाल, कतारमा, दुबइ, कुवेत, साउदी लगायतका देशमा युटुब मार्फत ट्रेन्डिङमा पर्न सफल भएको छ।

सुत्र इन्टर्टेन्मेन्टको प्रोडक्सनमा बनेको देउसी भाईलो गीतलाई सन्जीब बराइलीले शब्द, संगीत र एरेन्ज्मेन्ट गरेका छन। मन्जिल बराइली र अनुशा थापाको स्वरमा रहेको उक्त गीतलाई सुत्र इन्टर्टेन्मेन्टका संचालक केशब खड्काले निर्देशन गरेका छन।

अभिनयमा भाईरल जोडी बखत बिष्ट – प्रतिभा चौधरी बिष्ट लगायत श्रीजना, कुसुम, मोनिका, मन्जिल,अलिक,कुशल, नयनले साथ दिएका छन।

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.