हुलमुलकै सिनेमामा आँचलको प्रवेश

अभिनेत्री आँचल शर्मालाई शत्रु गते सिनेमाले चिनाएको थियो । यो सिनेमा ब्लकबस्टर भएपछि आँचलले आफू पनि यो सिनेमाको मुख्य हिरोइन भएको भन्न पाएकी थिइन् । तर, यही सिनेमामा काम गरेर उनी पछुताइन् ।

आँचलले यो सिनेमा गर्दा आफूले काम देखाउन नपाएको बताएपछि निर्माता किरण केसी रिसाए । उनले आँचललाई नयाँ सिनेमा दाल भात तरकारीमा लिएनन् । सिनेमामा स्वस्तिमा खड्का र बर्षा राउतको प्रवेश भयो ।

तर, स्वस्तिमा हजार जुनी सम्ममा व्यस्त हुने भएपछि दाल भात तरकारी गर्न नसक्ने भइन् । दाल भात तरकारीमा स्वस्तिमाले समय अभावका कारण काम गर्न नपाएको बताइन् ।

यसपछि, सहमतीमै स्वस्तिमाले विग प्रोजेक्ट छाडिन् । स्वस्तिमाले यो सिनेमा छाडेपछि शत्रु गते गरेर पछुताएकी आँचल शर्मा यो फिल्ममा प्रवेश गरेकी छिन् ।

आँचलले सिनेमामा काम गर्ने संझौता भएको निर्माता किरण केसीले जानकारी दिएका छन् । सुदन केसीको निर्देशनमा यो सिनेमाको छायांकन मंसिर १ गतेबाट हुँदैछ ।
यो पनि पढ्नुहोस्:
इन्गेजमेन्ट नसेलाउदै नायिका परमिताको ब्रेकअप

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.