
वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । नेपाली कांग्रेसका नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउनमा महत्वपूर्ण योगदान दिएका मह जोडीलाई उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो ।
वि.सं. १९७२मा जन्म भएको सिंह वि.सं. १९९७ सालमा नेपालको जेठो राजनीतिक दल राष्ट्रिय प्रजापरिषद्को सदस्यताबाट नेपालमा राजनीतिक जीवनको सुरुवात भएको उनले चैत्र २७, २०४६ साल मा ‘फादर अफ डेमोक्रेसी’को रूपमा सम्मानित गरिएको थियो ।
२०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी मंगलादेवी सिंहको निधन र त्यसको एक वर्ष पछि ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते उनको निधन भयो ।
यो पनि पढ्नुहोस्:
फिल्म ‘अनुग्रह’को ‘यो जीवन’बोलको गीत सार्वजनिक
Be the first to comment