स्टारडम २ दिनको, स्क्रिप्ट सधैको

सुत्र इन्टरटेन्मेन्ट – ठग्स अफ हिन्दुस्तान र रेश ३ को असफलतासँगै बलिउड फिल्म नगरीले स्क्रिप्टलाई मुख्य हिरो मान्न थालेको छ । आमिर खानले यसपटक स्क्रिप्ट राम्रो रोज्न नजानेरै उनी डुबे । सलमान खान स्क्रिप्ट भन्दा पनि स्टारडमको भरमा टिकिरहेका छन् । तर, ट्यूबलाइट र रेश २ को असफलताले उनलाई पनि स्क्रिप्टमै फर्कन जरुरी परेको छ । ३ बर्ष राम्रो स्क्रिप्ट छान्न नजान्दा साहरुख खान पनि डुबेका छन् । जिरोबाट उनी उठ्ने कोशिशमा छन् ।

बलिउडमा सुरु भएको यो शैलीको असर नेपाली फिल्ममा पनि पर्नेछ । किनकी, नेपालमा पनि औलामा गन्दा सजिलै अट्ने फिल्मका कथावस्तु राम्रो हुने गरेका छन् ।

नेपाली दर्शक अहिले कथावस्तु गतिलो नभएकै कारण नेपाली फिल्मबाट बिच्केका हुन् । हरेक बर्ष छक्का पन्जाको ब्रान्डले मात्र पैसा कमाएर सिनेमा उद्योग चल्दैन । यतिबेला अन्य दर्जन सिनेमाले पनि सिनेमा उद्योग बचाउनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

संकटग्रस्त भएको उद्योगलाई उत्कृष्ट कथा बोकेका लुट, चपली हाइटले बचाएका थिए । यसपछि नेपाली फिल्मले मौलिक कथावस्तुको माग ग¥यो । काम पनि सोही अनुसार नै भयो । तर, अहिले फेरि नेपाली फिल्मले स्क्रिप्टमा अल्छी गर्न थालेको छ ।

जसलेगर्दा, बर्षमा बन्ने सिनेमाको १० प्रतिशत सिनेमा पनि हलमा चल्न छाडेका छन् । एक महिनामा निर्माता फकाएर, एक महिनामा कथा तयार गर्ने, एक महिनामा छायांकन सकेर एक महिनामै रिलिज गर्ने प्रथा नेपाली फिल्मका लागि मुख्य रोग बनेको छ ।

अहिले नेपाली फिल्ममा स्टारमाथि लगानी बढेको छ । अनमोल केसी, प्रदिप खड्का, पल शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, आर्यन सिग्देल, दयाहाङ राई लगायतको पारिश्रमिकले नै निर्माताको ढाड सेकिदिएको छ । यसैले उनीहरु यीनै स्टारको भरमा सिनेमा चलाउने सपना देख्छन् ।

सानो बजेटमा बलिउडका धेरै सिनेमाले उत्कृष्ट कमाई गरेका छन् । तर, नेपालमा सानो बजेटमा उत्कृष्ट सिनेमा बनाउनेतर्फ भन्दा पनि विदेशमा छायांकन, तडकभडक बढी देखाएर हावादारी कथा बुन्ने क्रम बढेको छ । अब, यस्तो परिपाटीले नेपाली सिनेमालाई चलाउन गाह्रो पर्नेछ । नेपाली सिनेमाको हविगत बलिउडका स्टारहरुको जस्तो हुनसक्छ ।

अब, अनमोल केसी, प्रदिप खड्का लगायतले कथावस्तुलाई बलियो बनाएर आफ्नो पारिश्रमिक त्यसमै लगाउन सकेनन् भने बलिउडका खानको गती यता पनि हुनेछ ।

यसैले पहिले कथावस्तुमा मिहिनेत गरौ । कथावस्तु मिहिनेत गरेर बनेका सिनेमा अवश्य चल्नेछन् । त्यसपछि त मुनाफाको प्रतिशतमा काम गर्दा पनि के भयो र ?
यो पनि पढ्नुहोस्:
भ्यालेन्टाइनमा माया बाँड्दै ‘समर लभ’

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.