आकाशका लागि मिलनले बजाएको ब्यान्ड बाजा गयो खेर

निर्देशक मिलन चाम्स फिल्म जस्तो बनाएपनि त्यसको हल्ला खल्ला गर्न सिपालु छन् । उनले सिनेमा विर विक्रम २ को हल्लाखल्ला पनि त्यसरी नै गरेका थिए । सिनेमाको घोषणा गर्दा उनले कलाकारलाई ब्यान्ड बाजा बजाएरै स्वागत गरे । कलाकारको त्यस्तो स्वागत कमै मात्र निर्देशकले गर्छन् ।

सिनेमाको घोषणामा ब्यान्ड बाजा बजाएर स्वागत गरिएका अभिनेतामा आकाश श्रेष्ठ पनि पर्छन् । आकाशलाई मिलनले सिनेमाको शिर्ष भूमिकामा काम गराउने तयारी गरेका थिए । तर, सिनेमाको छायांकन हुनु अगावै मिलनको सिनेमा आकाशले छाडेका छन् ।

आकाशले आफ्नो हजुरबुबा बिरामी भएका कारण फिल्म छाड्नुपरेको उल्लेख गरेका छन् । हजुरबुबा बिरामी हुँदा उपचारमा पुरा समय दिन परेकाले सिनेमा गर्न नपाएको आकाशले बताएका छन् ।

आकाशले सिनेमा छाडेपछि फेरि यो सिनेमाको टिम अपुरो भएको छ । नाजिर हुसेन, बर्षा सिवाकोटी, वुद्दि तामाङ सिनेमाको मुख्य भूमिकामा छन् ।
यो पनि पढ्नुहोस्:
स्टारडम २ दिनको, स्क्रिप्ट सधैको

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.