नेपाली फिल्म ‘प्रेमलीला’को हिन्दी भर्सन गीत’जाने क्या हुवा ए’ सार्वजनिक

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक भएको हो ।

राजा हसन र सौमी शैलेश स्वर रहेको उक्त गीतमा डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत, पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड रहेका छन् ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
स्टारडम २ दिनको, स्क्रिप्ट सधैको

Adevertisement

भिडियो पनि हेर्नुस

१० लाखमा दीपाश्रीले खोलिन लोकल भट्टी - स्वस्तिमा बनिन वेटर - Swastimaa Khadka - Deepa Shree - Aryan
Prev 1 of 101 Next
Prev 1 of 101 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.