फिल्म ‘दाल भात तरकारी’को शुभ मुहूर्त सम्पन्न

वरिष्ट हास्यकलाकार हरिवंश आचार्यको ६० औ जन्मदिन अवसरमा फिल्म ‘शत्रु गते’निर्माण टिमले अर्को फिल्म ‘दाल भात तरकारी’को शुभ मुहुर्त  गरेको छ । मंगलबार बिहान काठमाडौंको कमलादी स्थित रहेको गणेश मन्दिरमा पुजाअर्चना गर्दै फिल्मको शुभ मुहुर्त  गरिएको हो ।

उक्त कार्यक्रममा फिल्ममा अनुबन्धित सम्पूर्ण कलाकारहरु उपस्थित रहेका थिए । आयोजित कार्यक्रममा बोल्दै किरण केसीले आज भन्दा एक वर्ष अगाडी सोहि स्थानमा अघिल्लो फिल्मको शुभ मुहुर्त गरेको र आज फेरी ‘दाल भात तरकारी’को शुभ मुहुर्त गर्न पाएकोमा निकै खुशी समेत व्यक्त गरेका छन् ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

‘शत्रु गते’ कै सम्पूर्ण टिम रहने फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।
यो पनि पढ्नुहोस्:
स्टारडम २ दिनको, स्क्रिप्ट सधैको

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

1 Trackback / Pingback

  1. यसरी मनाए हरिवंशले आफ्नो ६० औ जन्मदिन – An Online Entertainment News Portal

Leave a Reply

Your email address will not be published.