पल र आँचलको सहयोग या हतारो ?

सुत्र इन्टरटेन्मेन्ट – नेपाली रंग पत्रकारहरुका लागि आइतबार र सोमबारको दिन तछाडमछाडमा वित्यो । करिब १० मिनेटमै फेरिएको ब्रेकिङ न्यूजले पत्रकारलाई हतारो पर्नु स्वभाविक नै थियो । ब्रेकिङ न्यूज १० मिनेटमा फेर्न सफल कलाकार थिए, अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा ।

मिलन चाम्सको निर्देशनमा बन्न ठिक्क भएको फिल्म विर विक्रम २ को दशै लगतै गरिएको शुभसाइतमा अभिनेता आकाश श्रेष्ठ कोर्ट र पाइन्टमा सजिएका थिए । ब्यान्ड बाजा नै बजाएर आकाशलाई स्वागत गर्दा मिलनले उनीमाथि आशा पनि उस्तै राखेका थिए । तर, सिनेमाको मुहुर्त सकिएको २ हप्ता नवित्दै आकाशले फिल्म छाडेका थिए । आकाशले हजुरबुबाको स्वास्थ्यलाई फिल्म छाड्नुको मुख्य कारण बनाए ।

आकाशले सिनेमा छाडेको समाचार ब्रेक गरेर सुस्ताएका पत्रकारलाई फेरि यो सिनेमामा अभिनेता पल शाह जोडिएको खबरले ततायो । पल शाहलाई निर्देशक चाम्सले संझौता गरेको तस्बिर बाहिरिसँगै ब्रेकिङ न्यूज फेरियो । अभिनेता पल शाह एक्कासी विर विक्रममा जोडिनु अचम्मको कुरा थियो । किनकी, ७ महिना पहिले सत्रु गते गरेपछि लामो सुस्केरा हालेर फिल्म रोज्न नहतारिएका पल एक्कासी विर विक्रममा किन जोडिए भन्ने प्रश्न सबैतिर आउने नै भयो ।

निर्देशक चाम्सले पलले यसपटक आफूलाई सहयोग गरेको बताए । समस्यामा परेको बेलामा पलले सहयोग गरेर नेपाली फिल्मकर्मीलाई नै राम्रो सन्देश दिएको भावानात्मक भनाई पलको थियो । पलले विर विक्रम २ खेलेर मिलनलाई साथ दिएको त हो, अब दर्शकलाई धोका दिन्छन् या खुशी बनाउँछन्, सिनेमा रिलिजपछि भन्न सकिएला । तर, पलको काम गर्ने यो तरिका भने सबैलाई लागि अचम्मित पार्ने नै थियो ।

पल शाहले विर विक्रम २ मा संझौता गर्नुभन्दा ठिक १ दिन अघि अभिनेत्री आँचल शर्माले पनि यस्तै शैलीको काम गरेकी थिइन् । किरण केसीले आज शुभसाइत गरेको दाल भात तरकारी फिल्म अभिनेत्री स्वस्तिमा खड्काले छाडेपछि यसको टिम अलमलमा थियो । यो समयमा आँचलले पनि छोटो समयका नै सिनेमाको अफर स्विकार गरिन् । आँचलले सिनेमाको अफर स्विकार गर्दा उनको प्रशंसा भन्दा आलोचना नै बढी भयो । किनकी, उनले यो टिमको सत्रु गतेमा काम गर्दा फाइदा नभएको आशयको बयान दिइसकेकी थिइन् ।

पल र आँचल यसपटक फरक सिनेमामा देखिन लागेका छन् । दुई अलग भएपनि उनीहरुको काम गर्ने तरिका उस्तै देखियो । पल र आँचलले २ निर्मातालाई अन्तिम समयमा सहयोग गरे या हतारो गरे भन्ने टिप्पणी अहिले नै गर्नु मुर्खता होला । तर, पल र आँचलले सत्रु गते गरेपछि जे बोलेका थिए, उनीहरुको काम गराई भने त्यसको विपरित ध्रुवमा देखिएको छ ।

यो पनि पढ्नुहोस्:

स्टारडम २ दिनको, स्क्रिप्ट सधैको
आकाशले छाडेसंगै ‘बिरबिक्रम २’मा पलको इन्ट्री

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.