विवाहमा गिफ्टको साटो दिपिका र रणवीर मागे डोनेसन

बलिउडका चर्चित जोडी तथा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको विवाहको चर्चा बलिउड देखि लिएर कलिउडसम्म पनि उतिकै रहेको छ । यसै क्रममा अहिले यी दुईको विवाह भन्दा पनि विवाहको लागी बनाइएको कार्डको चर्चा निकै चलिरहेको छ ।

यिनीहरुले आफ्नो विवाहको निम्तो(कार्ड)संगै कार्डमा विवाहमा गिफ्ट तथा अन्य केहि भन्दा पनि डोनेसनको माग गरेको छन । उक्त कार्डमा र्स्पष्ट रुपमा सो कुरा उल्लेख गरिएको छ ।

दिपिकाले  ‘लिभ लभ लाफ’ नामक एक फाउन्डेसन चलाउछिन । र विवाहमा आउने सम्पूर्ण निम्तालुहरुका लागी कार्डमा डोनेसनका बारेमा सम्पूर्ण कुरा उल्लेख गरिएको छ ।

दुईको विवाह इटलीको लेक कोमोमा हुँदैछ । यसपछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा दुईको विवाहको ग्रान्ड रिसेप्सन हुनेछ ।
यो पनि पढ्नुहोस्;
बन्न नपाउदै फिल्म‘जात्रै जात्रा’अष्ट्रेलियामा

Adevertisement

भिडियो पनि हेर्नुस

१० लाखमा दीपाश्रीले खोलिन लोकल भट्टी - स्वस्तिमा बनिन वेटर - Swastimaa Khadka - Deepa Shree - Aryan
Prev 1 of 101 Next
Prev 1 of 101 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.