
बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोण आज इटलीको लेक कोमो स्थित विवाह बन्धनमा बाधिदै छन् करिब ६ बर्ष लामो प्रेम सम्बन्धलाई आज यिनीहरुले विवाहमा परिणत गर्दै छन ।
यी दुईको विवाह बलिउडकै यो बर्षको सबै भन्दा ठुलो इभेन्टको रुपमा रहेको छ । हिजो कोंकणी समुदायको रिवाज अनुसार यिनीहरुको इन्गेजमेन्ट सकिएको छ भने आज र भोली विवाह कार्यक्रम रहेको छ ।
यी दुईको विवाहमा निकै कम पाहुनाहरुलाई बोलाइएको छ भने बलिउडबाट फराह खान, शाहरुख खान, सञ्जयलीला भन्सालीलाई मात्र बोलाइएको भारतीय संचार मध्यमले जनाएको छ ।
साथै यीनीहरुको विवाहमा आउने कसैले पनि विवाहको फोटो खिच्न पाउने छैन । विवाहमा उपस्थित पाहुना आफन्त तथा साथीहरुले कुनै पनि फोन क्यामराको प्रोयोग गर्न पाउने छैनन् ।
यहाँ पछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा दुईको विवाहको ग्रान्ड रिसेप्सन हुनेछ ।
यो पनि पढ्नुहोस्;
विवाहमा गिफ्टको साटो दिपिका र रणवीर मागे डोनेसन
Be the first to comment