
दक्षिण कोरियाली गायक पीएसवाई नेपाल आउने भएका छन् । नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको ‘पीएसवाई विथ के-पप लाइभ इन नेपाल’ नामक कार्यक्रममा सहभागी हुनको लागी उनि नेपाल आउन लागेका हुन् ।
कन्सर्ट डिसेम्बर १५ तारिक खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा हुनेछ । उनको अलावा सो कन्सर्टमा चर्चित गायक दीपक बज्राचार्यले आफ्नो ब्याण्डका साथ् प्रस्तुति दिनेछन भने कोरियाका बिएपी, बेरी गुड, एसएफ नाइन, एओए, मोमोल्यान्ड र बड्किज नामक चर्चित ब्याण्डहरु पनि उक्त कन्सर्टमा सहभागी हुनेछन ।
उनले गाएएको ‘गङनम स्टाइल’बोलको गीतले पहिलो पटक युटुबमा एक अर्ब भ्युज बनाएर गीतले रेकर्ड राख्न सफल भएको थियो ।‘गङनम स्टाइल’ ले रिलीज भएदेखि नै यूट्युबमा वर्चस्व जमाएको थियो।
यो पनि पढ्नुहोस्:
दीपिका–रणवीरको विवाहको फोटो कसैले खिच्न नपाउने
Be the first to comment