साम्राज्ञीलाई किन चाहियो विकिनीको चर्चा ?

सुत्र इन्टरटेन्मेन्ट –अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्मकी चर्चित अभिनेत्री हुन् । साम्राज्ञीलाई नेपाली फिल्म खेलाउन निर्माताको लाइन त छ । तर, साम्राज्ञीले सिनेमा साइन गरेको खबर बर्षमा एकाध सुन्न पाइन्छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्ममा जती व्यस्त छिन्, बाहिरी दुनियाँमा विल्कुल फरक छिन् । साम्राज्ञीको बाहिरी रुप र फिल्मको रुपम विल्कुल फरक छ भन्दा फरक नपर्ला ।

कुरा, इन्टु मिन्टु लण्डनमाबाट नै गरौ । यो सिनेमामा एक राजदुतकी छोरीको भूमिकामा साम्राज्ञी देखिइन् । उनको फिल्ममा लाइफ स्टाइल धनाढ्य भएपनि उनी कुर्ता सुरुवालमा सजिएकी यूवती देखिइन् । ड्रिम्सबाट साम्राज्ञीको सुरुवात, ए मेरो हजुर २, कायरा, तिमीसँग, इन्टु मिन्टु लण्डनमा आइसक्दा फराकिलो बनेको छ ।

तर, पनि साम्राज्ञीलाई किन बेला बेलामा बाहिरी रुपमा चर्चा कमाउनका लागि यति धेरै चमकधमक गर्नुपरेको होला ?
साम्राज्ञीले इन्स्टाग्राममा जाडो मौसम लागेपछि ३ वटा फोटो हालिन् । तिन वटै फोटोमा उनी खुलिन् पनि । उनले इन्स्टामा त्यस्तो फोटो हाल्नुको कारण एक त उनलाई चर्चाको लोभ थियो । अर्को त उनको यो व्यक्तिगत रहर भयो । तर, साम्राज्ञीले फिल्मको पर्दामा गरेको कामले पनि यस्ता कुराले बढी चर्चा किन खोज्छिन् ?

अर्को प्रसंग विकिनीकै । साम्राज्ञीले ए मेरो हजुर २ को अष्ट्रेलिया शोका लागि पुग्दा विकिनीमा रमाइलो गरिन् । तर, त्यो फोटो उनले आफूले नै त्यसरी नै भाइरल बनाइन् जसरी अहिले उनको विकिनी फोटो भएको थियो ।

सिनेमाबाट राम्रो चर्चा पाइरहँदा साम्राज्ञीलाई त्यतीबेला पनि विकिनीकै सहारा किन लिनुपरेको होला ?
साम्राज्ञीले इन्टु मिन्टु लण्डनमाको प्रिमियरका लागि अष्ट्रेलिया पुग्दा लगाएको पहिरनको कुरा गरौ । यो फिल्मको प्रिमियरमा पुग्दा साम्राज्ञीको पहिरन अत्याधिक खुलेको थियो । फिल्मको प्रिमियरमा उनको क्रेज कस्तो देखियो, चर्चा भएन तर त्यो कपडाले चर्चा पायो ।

यस्तो थुप्रै कारण छन्, जुन साम्राज्ञीलाई चर्चित बनाइरहेका छन् । यसो भनिरहँदा साम्राज्ञीको ट्याटु कथालाई विर्सन मिल्दैन । उनले चाहेर वा नचाहेर उनको गोप्य अंगको तस्बिरसहित उनको ट्याटु बाहिरिएको थियो । त्यो बाहिरिनु उनका लागि घाटा नै थियो ।

नेपाली फिल्ममा धेरै कलाकार कपडाले चर्चित छन् । तर, उनी बाहिरी दुनियाँमा चर्चित छन्, फिल्ममा असफल । तर, साम्राज्ञीले त्यस्तो संभावना देखाएर फिल्ममा आएकी होइनन् । उनलाई चर्चा कमाउनका लागि विकिनी पहिरन, ट्याटु, विवादस्पद कुराको साहारा लिनुपर्ने अर्थ छैन होला ।
स्टारडम बनाइसकेपछि जोगाउन गाह्रो छ । १० बर्षपछि त स्टारडम सकिन्छ या टिक्छ भन्न सकिदैन । यसैले साम्राज्ञीलाई फिल्मको पर्दा बाहिर हुने अनावश्यक चर्चाबाट आफूलाई बचाउन आवश्यक छ ।
यो पनि पढ्नुहोस्:
पल र आँचलको सहयोग या हतारो ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.