कोंकणी रिवाजमा सकिएको रणवीर र दिपिकाको विवाह फेरी सिन्धी रितिरिवाजमा हुदै

बलिउडका चर्चित जोडी तथा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोण हिजो इटलीको लेक कोमो स्थित कोंकणी रितिरिवाज अनुसार विवाह बन्धनमा बाधिएका छन् ।

करिब ६ बर्ष लामो प्रेम सम्बन्धलाई यिनीहरुले विवाहमा परिणत गरेका हुन् भने आज पनि यी दुईको बैवाहिक कार्यक्रम रहेको छ ।

कोंकणी रितिरिवाजको विवाहमा सात फेरा नभई चारवटा फेरा मात्रै लिएर विवाह गरिन्छ भने आज फेरी सिन्धी रितिरिवाज अनुसार विवाह गरिनेछ ।

भने दुईको विवाहको फोटो कसैले पनि खिच्न नपाउने र आउने पाहुनाले पनि फोन या अरु कुनै पनि इलेक्ट्रोनिक वस्तुको प्रयोग गर्न नपाउने भनिएको थियो र यसै बीचमा विवाहको लागि बुक गरिएको हलको सजावट गरिएको फोटो भने सार्वजनिक भएको छ । जुन निकै आकर्षक देखिएको छ । यसका लागी दिपिका र रणवीरले लाखौ रुपैयाँको खर्च गरेका छन् ।

यी दुईको विवाह बलिउडकै यो बर्षको सबै भन्दा ठुलो इभेन्टको रुपमा रहेको छ । यहाँ पछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा दुईको विवाहको ग्रान्ड रिसेप्सन हुनेछ ।
यो पनि पढ्नुहोस्:
दीपिका–रणवीरको विवाहको फोटो कसैले खिच्न नपाउने

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.