नेपाली हिरोइनको पलायन शैली, निरुतालाई दर्शकले सकेनन् विर्सन

सुत्र इन्टरटेन्मेन्ट – पलायन शब्द आफैमा नमिठो छ । यो शब्दलाई विदेश गएर उतै घरजम गरेका नेपाली कलाकारले राम्रो मान्दैनन् । पलायन भन्दा पनि वाध्यताले विदेशिएको भन्न रुचाउँछन् कलाकार ।
नेपाली फिल्मको हरेक पुस्ता अहिले विदेशिन वाध्य छ । धेरै त रहरले नै विदेशिएका छन् ।

नेपाली फिल्मलाई सर्टिफिकेट बनाएर त्यही सर्टिफिकेट बोकेर विदेश हानिने कलाकारको संख्या दैनिक बढ्दै छ । अभिनेत्री नन्दिता केसी र गरिमा पन्त पछिल्लो पुस्ताको उदाहरण हुन् । गरिमा यूरोप र नन्दिता अमेरिकामा छन् । दुबै जना कार्यक्रमको सिलसिलामा त्यता पुगेका थिए ।

विदेशिने कलाकारको संख्या लामो छ । यो लामो संख्यामा जल शाह, सारंगा श्रेष्ठ, ऋचा घिमिरे, कृष्टी मैनालीदेखि दिलिप रायमाझी, मुकेश आचार्य, मुकेश ढकाल लगायत पर्छन् ।
विपना थापा भारतमा घरजम गरेर बसेकी छिन् भने कतिपय कलाकार त विदेशबाट नेपाल पनि फर्किएका छन् । करिश्मा मानन्धर, रमेश उप्रेती, गौरी मल्ल, राजाराम पौडेल लगायत कलाकारलाई यो सूचीमा राख्न सकिन्छ ।
नेपाली कलाकार विदेशिएपछि दर्शकले पनि उनीहरुलाई विस्तारै विर्सन थालेका छन् । दर्शकले मन पराइरहेका कलाकार विदेशिदा उनीहरुलाई दर्शकले पनि संझिएको उदाहरण छैन । तर, अभिनेत्री निरुता सिंहको हकमा भने यो लागू भएन ।

८ बर्ष अघि लगातार सिनेमा असफल भएपछि मुम्बई हानिएकी निरुतालाई दर्शकले निरन्तर रुपमा नेपाली फिल्ममा फर्कन आग्रह गरे । निरुताको बिषयमा दर्शकको चासो घटेन । नेपाली फिल्म बनाउनेले पनि निरुताको सो क्रेज वुझेका थिए । यसैले उनलाई सिनेमामा खेलाउनका लागि मेकरको रुची पनि अन्य अभिनेत्रीको भन्दा धेरै नै बढी देखियो ।

निरुता सिनेमा दाल भात तरकारीमा काम गर्न नेपाल आएकी छिन् । यो सिनेमाको मुख्य हिरोइन नै उनी हुन् । कलाकार हरिवंश आचार्यसँग जोडी बनाएर उनी काम गर्दैछिन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जस्ता कलाकारले पनि आफ्नो जोडीका लागि निरुतालाई नै रोज्नु ठूलो कुरा हो ।

किनकी, अहिले नै नेपालमा गौरी मल्ल, करिश्मा मानन्धर, मौसमी मल्ल लगायतका कलाकार छन् । तर, खोजी निरुताको नै भएको छ । नेपाली फिल्मा नयाँ पुस्ताको आगमन भैसकेको छ । निरुताको यूगपछि अभिनेत्री रेखा थापाको यूग सकिएको छ भने अभिनेत्री प्रियंका कार्कीको यूग पनि धराशायी अवस्थामा छ । साम्राज्ञी राज्यलक्ष्मी शाहको यूग नेपाली सिनेमामा सुरु भैसकेको छ ।

निरुता सिंहको जीवन्त अभिनय र बानी ब्यहोराले दर्शक प्रभावित थिए । जसलेगर्दा पनि उनलाई नेपाली फिल्मले विर्सन सकेन । उनको अभिनय आज पनि नेपाली फिल्मले खोजिरहेको नाई नभन्नु ल ५, दाल भात तरकारी जस्ता फिल्ममा उनले काम गर्नुलाई मान्न सकिन्छ ।

होइन भने जल शाह, ऋचा घिमिरे, अरुणिमा लम्साल, नन्दिता केसी, गरिमा पन्त लगायतका अभिनेत्री बेला बेलामा नेपाल आउँछन् । तर, उनीहरुलाई दर्शक र मिडियाले खोज्दैन । यो अर्थमा अभिनेत्री निरुता सिंहलाई भाग्यमानी अभिनेत्री नै मान्न पर्छ ।

८ बर्षपछि बीग ब्यानरमा कमब्याक गर्न लागेकी निरुताले सबैलाई पुरानै शैलीको मिठो दाल भात तरकारी खुवाउन सक्छिन् या सक्दिनन्, फिल्म रिलिज भएसम्म कुर्न पर्छ ।

यो पनि पढ्नुहोस्:

साम्राज्ञीलाई किन चाहियो विकिनीको चर्चा ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.