‘दालभात तरकारी’का लागि निरुता सिंह नेपालमा

एक समयकी चर्चित अभिनेत्री निरुता सिंह पुन नेपाल फर्किएकी छिन । बिगत केहि वर्ष देखिनै भारतमा आफ्नै प्रोडक्सन हाउस खोलेर बसेकी उनि केहि समय अगाडी फिल्म ‘नाइँ नभन्नु ल ५’को लागि नेपाल आएकी थिन। भने अहिले उनि फिल्म ‘दाल भात तरकारी’को लागि नेपाल आएकी हुन् ।

बुधबार नेपाल आइपुगेकी उनि अब नेपाली फिल्म क्षेत्रमा पुन सक्रिय भएर लाग्ने बताएकी छिन। फिल्म दाल भात तरकारीमा हरिवंश आचार्यसँग लिड रोलमा देखिन लागेकी उनि ‘ आफुले बच्चा देखि नै मह-जोडी, रातामकैको अभिनय हेरेर हुर्केको र सानै देखि उनीहरुको फ्यान रहेकी उनि दिग्गज व्यक्तिहरुसँग काम गर्न पाएकोमा आफुलाई भाग्यमानी ठान्ने र आफ्नो भूमिकालाई न्याय दिन कोशिश गर्ने उनले बताएकी छिन ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।
यो पनि पढ्नुहोस्;
फिल्म ‘दाल भात तरकारी’को शुभ मुहूर्त सम्पन्न

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.