
फिल्म ‘साइँली’ को फर्स्टलुक पोस्टर संगै प्रर्दशन मिती पनि तय भएको छ । फिल्म निर्माण टिमले एकसाथ तीन पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा मेनुका प्रधान(साइली), गौरव पहाडी, दयाहाङ राई लगाएतका मुख्य पात्र पोस्टरमा देखिएका छन्।
गायक हेमन्त रानाको स्वर तथा मेनुका प्रधान र गौरब पहाडीको अभिनयमा केहि समय अगाडी ‘साइँली’बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको थियो। सार्वजनिक भए संगै उक्त गीत तथा यी दुईको अभिनय निकैनै चर्चामा आएको थियो ।यसै गीतमा आधारित रहेर ‘साइँली’ नाममा फिल्म निर्माण भएको हो भने कलाकार पनि सोहि राखिएको छ।
जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई निर्देशक राम बाबु गुरुङले निर्देशन तथा उनैको कथा रहेको छ भने फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्माता रहेका छन् ।फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
फिल्म चैत १५ बाट देशव्यापी प्रदर्शनमा आउने छ ।
यो पनि पढ्नुहोस्:
नेपाली हिरोइनको पलायन शैली, निरुतालाई दर्शकले सकेनन् विर्सन
Be the first to comment