‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्दै

भारतको नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन् । उक्त प्रतियोगीतामा सहभागी हुन महर्जन आज (आइतबार) बिहान त्यसतर्फ उडेका हुन् ।
१८ देखि २४ नोभेम्बर सम्म ६ दिन चल्ने प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने उनी एक्लो सहभागी हुन् । प्रतियोगीतामा प्रत्येक दिन विभिन्नि कार्यक्रम हुनेछ ।

इण्डीया एक्युजिट पिजेन्ट आयोजक रहेको २८ देशको सहभागीता रहने प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गर्नेछन् ।

‘मिस्टर युनिभर्सल एम्बेसडर’लाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो । सुसन महर्जन ‘मिस्टर नेपाल वल्र्ड २०१८’मा ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन् ।

‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको महर्जनले बताए । उनले थपे ‘ कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’
यो पनि पढ्नुहोस्;
सुर्य किरण लामाले ल्याए पर्देशिएका श्रीमती प्रतिको प्रेम, पिडा दर्शाउने मार्मिक गीत

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.