‘दि कर्मा’ माघ ४ गते रिलीज हुने

यसअघि मंसिर ७ गते रिलीज हुने भनिएको नेपाली चलचित्र ‘दि कर्मा’ माघ ४ गतेलाई सरेको छ । चलचित्रका निर्माता जयराज रायका अनुसार बिशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा।लि।को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।
यो पनि पढ्नुहोस्:
नेपाल आइडलले चिन्न नसकेको प्रतिभा भारतीय रियालिटी शो ‘सारेगामापा’को टप तेह्रमा मेनुका पौडेल

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.