
फिल्म ‘न यता न उता’को प्रर्दशन मिती तय भएको छ। फिल्म माघ २५ बाट देशव्यापी प्रर्दशनमा आउने भएको छ। कमेडी जर्नलमा निर्माण भएको फिल्मको प्रर्दशन मिती फिल्का वितरकले फाइनल गरेका हुन्।
राज रोश र विशारत बस्नेत निर्देशित फिल्म तन्त्रालय फिल्म्स र हाइलाइट्स नेपालको ब्यानरमा बनेको छ । फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा निर्माता रहेका छन् ।
अरोन अशोक कुमारको छायाँकन, मिराज रोशको कथा रहेको फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामा आदि कलाकारको अभिनय छ ।
यो पनि पढ्नुहोस्:
नेपाल आइडलले चिन्न नसकेको प्रतिभा भारतीय रियालिटी शो ‘सारेगामापा’को टप तेह्रमा मेनुका पौडेल
Be the first to comment